म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, December 21, 2010

हमालले माफी माग्नुपर्छ


हमालले माफी माग्नुपर्छ

नेपाली चलचित्र क्षेत्रका हस्ती । सदावहार नायक । प्रतिभाशाली व्यक्तित्व । यस्ता थुप्रै पगरी गुथेका नेपाली फिल्म दुनियाका एकमात्र व्यक्ति हुन्, महानायक राजेश हमाल । हमालको व्यक्तित्व उँचो छ । छवि राम्रो छ । अभिनयकता त बेजोड नै छ । यसैकारण लामो समयदेखि कलिउडमा हमालको एकछत्र आधिपत्य छ । दर्शकले साथ दिएका छन् । माया गरेका छन् । त्यसैकारण निर्माता निर्देशक बाध्य छन्, फिल्ममा कुनै न कुनै रुपमा हमालको अपरिहार्यतालाई स्वीकारेका छन् ।

सवैले देखेको राजेशको लोकप्रियतालाई, प्रतिभालाई डावर नेपालले आफ्नो वस्तु बिकाउको अनौपचारिक दलाल बनायो । त्यो पनि मोटो रकम तिरेर । बिना सुझबुझ हमालले प्रस्ताव स्वीकारे । वस्तुको गुणस्तरीयताको अवलोकन नै नगरी । कमसेकम एकपटक वस्तुको परीक्षण गर्नुपथ्र्यो । वस्तु उत्पादन हुने कारखानाको निरिक्षण गर्नुपथ्र्यो । या अन्य कुनै माध्यमबाट वस्तुको सम्पूर्ण जानकारी हासिल गर्नुपथ्र्यो । रियल जुसको विज्ञापनमा अभिनय गर्नुअघि महानायक राजेश हमालले । तर दुभाग्य आम सोझासाझा नेपालीको । उनले अनुसन्धान गरे त केवल मोटो रकमको । जुन रकमलाई डावरले आफ्नो कमजोरीको भ¥याङ बनाएको थियो । राजेशको छवि लिलाम गरेर । नेपाली जनताको स्वास्थ्य माथि प्रतिकुल हाँक दिएको थियो । राजेशको वलिष्ठ शरीर बेचेर ।

डावर नेपाल त दोषी हो नै । दोषीलाई प्रत्यक्ष या परोक्ष रुपमा साथ दिने सवै कानूनका आँखामा दोषी ठहरिन्छन् । अझ हमाल त प्रत्यक्ष सहभागाी खेलाडी हुन्, यस खेलको । हमालकै कारण यसको विक्रि, वितरणमा ब्यापकता छाएको सवैले देखेकै कुरा हो । आफ्नो सुगठित शरीर, मजवुत अभिनयकला रियल जुसकै कारण अझ सशस्त भएको बताउने राजेश हमाल अपराधी मुक्त हुन सम्छन् र ? हमालले गरेको रियल जुसको अभिनयकै कारणले त हो नी ! लाखौं नेपाली जनताले रियल जुसलाई अपनाएका । आफूले मनपराएका व्यक्तिले अंगालेको वस्तु देउतासरी पूजा गर्छन्, नेपाली जनता । जुस पिउनु त चानचुने कुरो हो ।

माथिका सवै कुरालाई मध्यनजर गर्दा नेपाली महानायक राजेश हमाल नेपाली जनताका स्वास्थ्यका खलनायक हुन्, भन्न सकिन्न र ? त्यसकारण उनले डावर नेपालको ‘ब्राण्ड एम्बेसडर’ पद त्यागेर सार्वजनिक रुपमा रियल जुस पिउन उचित नभएको सन्देश प्रवाह गर्ने अभिनय गर्नु हाललाई मनासिव देखिन्छ । नेपाली जनतासँग माफी माग्नु उचित ठहरिन्छ । आफ्नो भूलको पश्चाताप गर्नु उपयुक्त हुन्छ ।

Sunday, December 12, 2010

नुवाकोतको साततले दरबार


येही दरबारमा पृथिबी नारायण शाहले आफ्नो जीवनको उत्तरार्धको समय बेतित गरेका थिय |

लघुकथा सपना रचना मिति २०६७/०८/१६

लघुकथा

सपना

भात पकाउन आउँछ ?
घर सफा गर्न ?, कुचो लाउन ?
अनि लुगा धुन नी ?
‘आउँछ’ भन्ने संकेत दिन्थ्यो, आफ्नो टाउको हल्लाएर । सांकेतिक भाषामा । त्यसपछि नै हो–यस्तै कामको लागि मैले उसलाई घरमा ल्याएको । भारी रकम तिरेर । माउन्ट रोर्वट–पूरा नाम । हरेकपल्ट प्रश्न गरेपछि एउटा हरियो वटम अवश्य थिच्नुपर्थो, उत्तर पाउनलाई ।
३० वर्षे मेरो उमेर । काठमाडौंमा ठूलो घर । आफ्नै घरमा बिजनेस । बाबुआमा गाँउमा खेती–किसानीमा मस्त । एक्लो जीवन । विवाह गर्नुप¥यो भनेर बाबुआमा कराइरहने । आफूलाई विवाह गर्ने सोंचाई नै आएन । कामले गर्दा पनि हुन सक्छ । अनि घरको काम कसले गर्ने ? सर्वोत्तम उपाए–रोर्वट । वटम थिच्यो–घरको सारा काम निमेषभरमा । आफू कम्प्युटरमा बस्यो । सि.सी टि.भी हेरेर कामदारलाई काम लगायो । चिया चाहियो–वटम थिच्यो । चिया आफ्नो अगाडि । लुगा धुनु प¥यो । फुकालीदिए पछि लुगा उठाउनेदेखि लिएर वासिङ मेसिनमा हाल्नेसम्मको सारा काम माउन्ट रोर्वटले गर्थो । घरबाट बाहिर जानै पर्दैन थियो । सामान चाहियो–सामान पु¥याउन आइपुग्थे, विक्रेताहरु । वस् ! क्रेडिटकार्डबाट रकम जम्मा गरिदिएपछि ।
प्रेमिकाले पनि विवाह गरौं नभनेकी होइन । विवाह गरेर एउटीसँगै त के जिन्दगी बिताउनु ? दैनिक ब्राण्ड चेन्ज गर्नुपर्ने आफूलाई । एउटै ब्राण्डमा अल्झिनै मन लागेन । बोतल फरक भएपछि स्वाद पनि फरक हुँदो रहेछ । झोल पो एउटै हो त ! अचानक थला परें–एकदिन । डाक्टर बोलाएँ–घरैमा । फोन नं. पनि थिच्न सकिन । वटम थिच्दे । नम्बर उसैले थिचिदियो–रोर्वटले । डाक्टरले चेकअप ग¥यो र गयो । ३ दिनपछि डाक्टर पुनः झुल्क्यो–रिपोर्ट लिएर । अनुहार मलिनो बनायो र बोल्यो । “सर ! तपाईंलाई प्यारालाइसिस भएको छ ।” म झसंङ्ग भएँ । एक्कासी ब्यूझिएँ । मुटु ढक्क फूल्यो । बत्ति बालें । घडी हेरें–रातको एक बजेको रहेछ । पानी पिएँ र अघि देखेको सपनालाई भुलेर पुनः निदाउने कोसिस गरें । गोठमा गाईभैंसी कराउँदै थिए ।

Friday, November 19, 2010

गीत रचना मिति-२०६०/०५/१०

मनैबाट सुरु गरौ सबैले एउटा अभियान
शान्ति हाम्रो प्राप्ति बनोस सुन्दर देश महान
शान्तिको मुहान

एक-एक हामी हुन्छौ हाम्रो बिचार अनेक हुन्छ
एकै बाटो अनेक बिचार रोज्न सके कस्तो हुन्छ
तराई, पहाड़ दाजुभाई हिमाल, जाती सबैलाई
एकै माटो आफ्नो भन्दै सोच्न सके कस्तो हुन्छ
घरघरबातई पूरा गरौ हामीले उन्नतिको गान

नैबाट सुरु गरौ सबैले एउटा अभियान
शान्ति हाम्रो प्राप्ति बनोस सुन्दर देश महान
शान्तिको मुहान

सफा चित्र दिलभित्र उतार्ने दुईटा आँखा हुन्छ
हेर्ने जति दृश्य सबै कन्चन भए के पो हुन्छ
सबैको साथ जुट्न्लाई घृणा, दोइश छुट्न्लाई
गर्ब गर्ने तेस्तो भेटे आँगन के पो हुन्छ
आफुआफैबाट खोल्ने सबैले चेतनाको ज्ञान

नैबाट सुरु गरौ सबैले एउटा अभियान
शान्ति हाम्रो प्राप्ति बनोस सुन्दर देश महान
शान्तिको मुहान

मुक्तक रचना मिति-२०६०/०८/२८

लाज किन मान्नु परयो निर्धक्क संग आऊ तिमी
सारा निर्णयहरु स्वीकारने एउटा कसम खाऊ तिमी
जीबन्भरि तिम्रो उपस्थिति वाक्क लग्न सक्छ मलाई
तेसैले तिम्रो कार्य तेति मात्र एउटा छोरा पाऊ तिमी

Wednesday, October 13, 2010

गजल रचना मिति-२०६७/०५/०२

धेरै नै पछि आज हिम्मत जुटायर आएँ
चन्द्र र सूर्य अंकित झंडा उठायर आएँ

भोगचलन तिमीलाई पो गर्ने सर्त थापे
माफ़ पाऊं तेस्ताको संगत टुतायर आएँ

टाकुरामा उभिई दन्त लहर खोली दिन्छौ
पग्लेछु म त मन मुटु तेतई छुटायर आएँ

मेरो हृदयमा तिमी, रगत-नशामा तिमी
तिम्रै लागी लड़े हेर, माथ फुटायर आएँ

आशीष दियेउ जननी अबमूल्यन गरिन
एकएक शत्रुको शीर प्यारी झुकाएर आएँ