अस्ति सुके
हिजो लुके
आज फेरी झुकेको छु
अनुहार जिबित छ, मानचित्रमा
तर म भित्रभित्र चुकेको छु
रित्तो सडकमा मेरो आँखा
तुक्रियका इंताको चोइटा गंदै
थन्कियको थोत्रो ठेलागाडाको
कुदाईको साइत हेर्दै छ
मेरो शरीर
रातभर सड़कपेटिमा
सम्बेदंशील अंग देखाउदै
दैनिक कागजको डसना फेर्दै,
बर्को बेर्दै छ
झर्को गरिरहेछ मन, अमिलो भाछ
चेतना गाछ
थुमथुमायारा पेटलाई जबरजस्ती
भोकैभोकमा टार्या छु
आज मैले हार्या छु
धनी छु, धन छैन
मस्तिस्क छ, मन छैन
आफन्त छन, आफ्नो पन छैन
बनस्पति छैन, वन छ
संधै गनगन छ, संधै दनदन छ
के गर्नु हरे मैले ?
सांध, सिमाना
अपहरणमा पार्या छु
आज मैले हार्या छु
मेरा छोरा, मेरा नाती
मेरा लागी सबै जाती
आंसू चुहाउदै, बुद्धहरु
कठैबरा
लिलामिमा सार्या छु
हो,
आज मैले हार्या छु
रास्ट्रिय कबिता महोत्सब २०६७ मा हारेको कबिता |
Monday, July 26, 2010
Monday, May 10, 2010
केही हाइकु रचना मिति-२०६७/०१/२७
१
स्याल र सिंह
कुवाको लड़ाईले
सखाप बन
२
आंगना झुत्रो
पल्लाराको कुचोले
बढार्ने बानी
३
रातो खुर्सानी
टोक्यो कि पिरो हुन्छ
नटोक्नु बेस
स्याल र सिंह
कुवाको लड़ाईले
सखाप बन
२
आंगना झुत्रो
पल्लाराको कुचोले
बढार्ने बानी
३
रातो खुर्सानी
टोक्यो कि पिरो हुन्छ
नटोक्नु बेस
Thursday, April 29, 2010
कबिता - धिक्कार छ हामीलाई....रचना मिति २०६७/०१/१६
धिक्कार छ हामीलाई
अनि हाम्रो दिमागलाई
धिक्कार छ हाम्रो
मिहिनेत, पसिना र इमानलाई
हामी आफैले आफ्नो
झारा टालेओं,
समय फालेओं
हाम्रो कमाई, आम्दानी
रुपैयाँ, पैसा
कागजको खोस्टा सम्झी बालेओं
बिबेकहीन हामी, हुतिहारा,
नालायक, अन्धा र लाटाहरू
अनि पूर्ण अपांग र अशक्त
धिक्कार छ हामीलाई
छसय एकवटा कुकुरलाई
फोकतमा पालेओं
अनि हाम्रो दिमागलाई
धिक्कार छ हाम्रो
मिहिनेत, पसिना र इमानलाई
हामी आफैले आफ्नो
झारा टालेओं,
समय फालेओं
हाम्रो कमाई, आम्दानी
रुपैयाँ, पैसा
कागजको खोस्टा सम्झी बालेओं
बिबेकहीन हामी, हुतिहारा,
नालायक, अन्धा र लाटाहरू
अनि पूर्ण अपांग र अशक्त
धिक्कार छ हामीलाई
छसय एकवटा कुकुरलाई
फोकतमा पालेओं
Tuesday, April 27, 2010
गजल रचना मिति - २०६७/०१/०७
छोड़े पछि निदरिले रातमा केको मज़ा
तोडेपछि सम्बन्धको बातमा केको मज़ा
एकै सिक्का दुइटा पाटा भयका थियेउ हामी
छुटेपछि सिन्दुरको साथमा केको मज़ा
आठै प्रहर समयको सुन्दर हुन्थे पाहिले
मोडेपछि मौसमको प्रभातमा केको मज़ा
नासाले भरिपूर्ण जवानीका दिनहरू सम्झिंदा
फोडेपछि प्यालाको मातमा केको मज़ा
लाज आफ्नो ढाकनलाई अर्काको बस्त्र किन
लुटेपछि जिन्दगीको घातमा केको मज़ा
तोडेपछि सम्बन्धको बातमा केको मज़ा
एकै सिक्का दुइटा पाटा भयका थियेउ हामी
छुटेपछि सिन्दुरको साथमा केको मज़ा
आठै प्रहर समयको सुन्दर हुन्थे पाहिले
मोडेपछि मौसमको प्रभातमा केको मज़ा
नासाले भरिपूर्ण जवानीका दिनहरू सम्झिंदा
फोडेपछि प्यालाको मातमा केको मज़ा
लाज आफ्नो ढाकनलाई अर्काको बस्त्र किन
लुटेपछि जिन्दगीको घातमा केको मज़ा
Tuesday, April 20, 2010
गीत.................रचना मिति: २०६७/०१/०४
गरिनौ निर्णय समयमा तिमीले
अब आँसु बगाउनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु
भुल्न मनिनौ परिवारको साथ
बिर्सना सकिनौ पक्रेका हात
अल्झिन्छेउ त दोबाटोमै तिमी
मैले कसरी भगौनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु
चिन्ता लियेउ संधै समाजको अनि
सोच्नुपर्छ कहिले आफ्नो जिन्दगीको पनि
जीबनलाई रोकेर अब
धड़कनको समझौता मगौनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु
अब आँसु बगाउनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु
भुल्न मनिनौ परिवारको साथ
बिर्सना सकिनौ पक्रेका हात
अल्झिन्छेउ त दोबाटोमै तिमी
मैले कसरी भगौनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु
चिन्ता लियेउ संधै समाजको अनि
सोच्नुपर्छ कहिले आफ्नो जिन्दगीको पनि
जीबनलाई रोकेर अब
धड़कनको समझौता मगौनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु
Sunday, April 11, 2010
उनी-१
दिनभरि यात्रुको अभाबमा
कुनै चालकले ग्यारेजमा
लगेर थुप्रायको
रिक्सा जस्ती
तर पनि,
संधै हंसिली, धेरै रसिली र
अतिनै कंसिली उनी
चिच्यायर पीठो बिकाउन छोडेर
चुपचाप, चुपचाप
बिना बिग्यापन नै
चामल बिकाउने
चाउचाऊ निकालियको
अपहेलित बाक्सा जस्ती
कुनै चालकले ग्यारेजमा
लगेर थुप्रायको
रिक्सा जस्ती
तर पनि,
संधै हंसिली, धेरै रसिली र
अतिनै कंसिली उनी
चिच्यायर पीठो बिकाउन छोडेर
चुपचाप, चुपचाप
बिना बिग्यापन नै
चामल बिकाउने
चाउचाऊ निकालियको
अपहेलित बाक्सा जस्ती
Thursday, April 8, 2010
Subscribe to:
Posts (Atom)
