अस्ति सुके
हिजो लुके
आज फेरी झुकेको छु
अनुहार जिबित छ, मानचित्रमा
तर म भित्रभित्र चुकेको छु
रित्तो सडकमा मेरो आँखा
तुक्रियका इंताको चोइटा गंदै
थन्कियको थोत्रो ठेलागाडाको
कुदाईको साइत हेर्दै छ
मेरो शरीर
रातभर सड़कपेटिमा
सम्बेदंशील अंग देखाउदै
दैनिक कागजको डसना फेर्दै,
बर्को बेर्दै छ
झर्को गरिरहेछ मन, अमिलो भाछ
चेतना गाछ
थुमथुमायारा पेटलाई जबरजस्ती
भोकैभोकमा टार्या छु
आज मैले हार्या छु
धनी छु, धन छैन
मस्तिस्क छ, मन छैन
आफन्त छन, आफ्नो पन छैन
बनस्पति छैन, वन छ
संधै गनगन छ, संधै दनदन छ
के गर्नु हरे मैले ?
सांध, सिमाना
अपहरणमा पार्या छु
आज मैले हार्या छु
मेरा छोरा, मेरा नाती
मेरा लागी सबै जाती
आंसू चुहाउदै, बुद्धहरु
कठैबरा
लिलामिमा सार्या छु
हो,
आज मैले हार्या छु
रास्ट्रिय कबिता महोत्सब २०६७ मा हारेको कबिता |
Monday, July 26, 2010
Subscribe to:
Posts (Atom)