म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, July 14, 2012

छोरीसँग बाबुको बिहे

बाहिर मुसलधारे पानी परिरहेको थियो । सडकमा मान्छे र सवारीसाधन गोदिएर आफ्नो गन्तब्यतर्फ लागिरहेका थिए । साउनको झरीमा झरेको पानीले मौसम चिसिएको थियो । म भने सदाझैं उही चाबेल स्तुपा ‘अपोजिट’को क्याफेमा बसेर तातो कफी पिउँदै थिएँ । एकतलामाथीको त्यो क्याफेको कालो पारदर्शी सिसाबाट बाहिर नियाले स्तुपा र वरिपरिको दृश्य छलङ्र्गै देखिन्छन्, मनमोहक । हो, त्यस्तै दृष्यको सुन्दरता लुटन् मेरो पाइला सधैं बेलुकीपख त्यही क्याफेतिर मोडिन्थ्यो र त्यही टेवलमा गएर अडिन्थ्यो, जुन टेवलमा म सधैं बस्ने गर्छु । त्यो टेवलमा मैले आजसम्म अरु कोही बसेर ‘प्याक’ भएको देखेको छैन । अथवा संयोगले त्यो टेवल म पुग्दा मात्रै खाली भइरहेको हुन्थ्यो । त्यसदिन पनि म त्यही टेवलमा थिएँ र बाहिरी दृष्यको सुन्दरता र कफीको स्वादको ‘डबल’ मजा एकैपटक लिइरहेको थिएँ ।

पल्लो टेवलमा रमेश र सम्झना थिए । जुन तिनीहरुको पनि सदाझैं बस्ने टेवल हो । तिनीहरु बिहेपछि पहिलोपटक त्यस क्याफेमा आइपुगेका थिए, केही दिनको ‘ग्याप’पछि । रमेश र मेरो बस्ने ‘फ्ल्याट’ नजिक–नजिकै हो । उ म भन्दा केही जेठो छ । विचरा सानैमा टुहुरो भएको रमेश कहिले को र कहिले कुन आफन्तको शरणमा हुर्केर अहिले आफ्नै खुट्टामा उभिएको छ । लगभग ४१ वर्ष पुगेको हुनुपर्छ उ, मेरो ठम्याईले । ३ वर्ष अघिबाट उसले एउटा स्कुलमा पढाउन सुरु गरेको थियो । त्यसअघि उ के गथ्र्यो, मलाई खासै जानकारी छैन ।

सम्झनालाई भने मैले त्यही क्याफेमा चिनेको हो । रमेशसँगै आउन थालेपछि सम्झनासँग मेरो परिचय भएको थियो । त्यस्तै २०–२१ वर्षकीझैं देखिन्थी, सम्झना । डाक्टरी अध्ययनगर्दै थिई, उ । सम्झनाको बारेमा मलाई त्यो भन्दा बढी कुरा थाहा थिएन । गतवर्षको माघदेखि रमेशसँगै सम्झना क्याफेमा ‘रेगुलर’ आउँथी । तिनीहरु २ जनाबीच राम्रैसँग प्रेम सम्बन्ध चलेको थियो । जोडीमा बेमेल थियो । रमेशका अगाडि निकै फूच्ची र चञ्चले देखिन्थी, सम्झना । रमेश भने शालिन प्रकृतिको थियो । जोडी बेमेल भएपनि मन मिलेकैले सम्भवतः तिनीहरु खुशि देखिन्थे । एउटै क्याफेको वल्लो–पल्लो टेवलमा भएपनि हामीबीच हाई–हेल्लो भन्दा खासै कुरा हुँदैन थियो, त्यसबखत । सम्झना र रमेश क्याफेमा यति प्रेमिल मुडमा देखिन्थे कि मलाई पनि तिनीहरुलाई देखेर भित्रभित्रै कुतकुती हुने गथ्र्यो । बिहेअघि जुन प्रेमिल अन्दाजमा देखिन्थे, बिहेपछिको त्यसदिन पनि उत्तिक्कै प्रेम साटासाटगर्दै थिए, तिनीहरुले क्याफेमा बसेर ।

६ महिनाको निरन्तर प्रेम सम्बन्धपछि तिनीहरुले प्रेम विवाह गरेका थिए । सन् २०६२ को जुलाईमा तिनीहरुको बिहे चर्चमा क्रिष्चियन शैलीमा सम्पन्न भएको थियो, सिमित व्यक्तिको उपस्थितिमा । म पनि बिहेमा उपस्थित थिएँ । नेपाल बन्द परेको त्यसदिन विवाह समारोहका अरुझैं म पनि हिडेरै चर्चमा पुगेको थिएँ । त्यसपछि तिनीहरु केहीदिन हराएका थिए र त्यसदिन पुनः क्याफेमा झुल्किएका थिए । एककप कफी सक्काएर मैले अर्कोकप कफी ‘अर्डर’ गरें । कफिको सुर्कोसँगै म ल्याफटपमा सोसियल साइटहरु ‘सफरिङ’ गरिरहेको थिएँ, ‘फ्रि वाईफाई जोन’को सदुपयोगगर्दै । रमेश र सम्झना भने टेबलबाट उठे । रमेशले क्याफेबाट निस्कनुअघि ‘भोलि’ ससुराली जान लागेको केही दिनको लागि भनेर सुनायो । उसले पहिलोपटक सम्झनाको बाबु–आमा भेटगर्न जान लागेको बतायो । उ भन्दै थियो–काठमाडौंबाट उसको ससुराली नुवाकोट एक घण्टामा पुग्छ रे ! ‘ट्रेन’मा । त्यसपछि मैले दुवैलाई ‘शुभयात्रा’ भनेको थिएँ र तिनीहरु निस्केपछि उही सोसियल साइटमा घोरिएको थिएँ ।

म गाडी चढेर त्यही क्याफेको उही टेबलमा पुगेको थिएँ, जहाँ म सधैं बसेर कफी पिउँथे । एकैछिनमा रमेश आइपुग्यो । आज उ एक्लै थियो । यसअघि उसैले मलाई भेटौं भन्दै फोन गरेको थियो, आज खासगरी म उसैको लागि क्याफे पुगेको थिएँ । रमेश आज केही हतासिएको मुडमा थियो । हाई–हेल्लो भयो, कुराकानी भयो । मैले सम्झनाको बारेमा सोधें, उसले इन्र्टनका लागि हस्पिटल गएको कुरा बतायो । हामीले अर्डर गरेको कफी आइपुग्यो, हामीले कफी पिउन थाल्यौं, मैले सदाझैं ल्याफटप ‘अन’ गरें । केहीबेर वातावरण चकमन्न भयो, हामी दुवैले केही बोलेनौं । रमेश कहिले क्याफेको सिलिङतिर हेथ्र्यो, कहिले क्याफे बाहिरका दृष्यमा आफ्नो नजर फ्याँक्थ्यो त कहिले कफीको कपलाई घोरिइरहेको थियो । उसलाई हेर्दा लाग्थो, उ वेचैन थियो, कुनै छट्पटाहाटले उसलाई च्यापेको थियो ।
–‘शिव, तिमी त लेखक मान्छे मेरो एउटा कुरा लेखिदिनु प¥यो ।’ सन्नाटाचिर्दै रमेश बोल्यो ।
–‘कस्तो कुरा, के कुरा लेख्ने ?’ मैले केही कुरा बुझिन ।
–‘साँच्ची ! तिमीले मेरो एउटा कुरा लेखिदेउ, मलाई शान्ति मिल्छ । अनि मलाई सल्लाह पनि देउ म अहिले कुनै पनि कुराको निर्णय गर्न सक्ने अवस्थामा छैन ।’ उसमा डर भरिएको थियो ।

रमेशले भन्न खोजेको सबैकुरा बेलिबिस्तारमा सुनायो । उसको कुरा सुनेर म समेत तीनछक भएँ । रमेश जुन दिन ससुराली पुगेको थियो, त्यही दिनबाट उ छट्पटिएको रै’छ । सम्झना अरु कोही थिइन, उ रमेशकै छोरी थिई, ‘वीर्य’ थिई, ‘शुक्रकिट’ थिई, जोसँग उसले बिहे गरिसकेको थियो । यसबारेमा सम्झना अझै अनविज्ञ भएको उसले बतायो । रमेश आफैलाई समेत ससुराली पुग्नअघिसम्म यसबारेमा जानकारी थिएन । घटनाको चुरो कुरो त अझै रमेशले खोतल्न बाँकी नै थियो ।

बच्चैमा आमा–बुबा गुमाएको टुहुरो रमेश आफन्तको शरणमा हुर्केपनि सधैं उ आफन्तको हेलामा पथ्र्यो । उसले स्कुलको पढाई सक्काए लगत्तै आफन्तबाट टाढिएको थियो । त्यसैक्रममा उ एकदिन एउटा ब्यक्तिको सम्पर्कमा पुगेको थियो, १८ वर्षको उमेरमा । रमेश काम खोज्ने सिलसिलामा उक्त ब्यक्तिको सम्पर्कमा पुगेको थियो, जुन ब्यक्तिले रमेशलाई जागिर लगाईदिएको थियो । जागिर थियो–शुक्रकिट दान गर्ने । त्यस ब्यक्तिले रमेशलाई शुक्रकिट उत्पादन कम्पनीमा पु¥याईदिएको थियो । पहिला त रमेशलाई त्यो काम गर्न मन लागेनछ, पछि बाँच्नका लागि उसले २ वर्षसम्म त्यस कम्पनीका लागि शुक्रकिट दान गरेको थियो । सम्झना कसरी उसकी छोरी भएकी थिई, उसले भन्न भ्याएकै थिएन । मलाई भने त्यही कुरा सुन्ने आतुरी भइरहेको थियो ।

२ वर्ष त्यस कम्पनीमा काम गरेपछि रमेशले त्यो काम छोडेको थियो । र, त्यसपछि आफैले बालबच्चाबिहिन विवाहित महिलालाई गर्भधारण गराउन थालेको थियो । यसका लागि सम्पर्कमा आएका त्यस्ता महिलाहरुलाई उ आफ्नो ‘रुम’मा बोलाउँथ्यो र ‘वीर्य दिएर’ पठाउँथ्यो । जसका लागि उसले केही शुल्क लिन्थ्यो । सम्झना तिनै महिलाहरुमध्येबाट जन्मिएकी एक बच्ची थिई, जो वीर्यका हिसावले रमेशकी छोरी थिई । रमेशले थप घटना बताउँदै थियो ।

रमेश त्यतिबेला २० वर्षको थियो । एकदिन एउटी महिलाले उसलाई फोन गरेकी थिई र रमेशको समय लिएर उसको रुममा गएकी थिई । ती महिलाले आफूहरुलाई सन्तान जन्माउन सहयोगगर्न रमेशलाई आग्रह गरेकी थिई । रमेश पनि त्यस महिलालाई वीर्य दिएर उद्धार गर्न तयार भएको थियो । र, त्यसरात रमेश पुरा समय त्यस महिलासँगको संसर्गमा आफ्नो कमाई गरिरहेको थियो । हरेक महिलासँग संसर्ग गर्दा रमेश लाजले रातो–पिरो हुन्थ्यो । रमेश बताउँदै थियो, उसलाई त्यसरी जीवन चलाउनुपर्दा धेरै कष्ट हुन्थ्यो, तर पनि जीवन चलाउनका लागि उ अपरिचित महिलासँग ओछ्यानमा सुत्थ्यो र निश्चित रकमसँग आफ्नो ‘वीर्य’ साटेर महिलालाई बिदा गथ्र्यो ।

सम्झना त्यही सँगै ओछ्यानमा सुतेकी महिलाकी एक्ली छोरी थिई, जोसँग ‘वीर्यदान’पछि रमेशको कुनै सम्त्रन्ध हुँदैन थियो । सम्झनाले ‘मेरी आमा’ भन्दै त्यही महिलालाई चिनाएपछि रमेश लाजले भुतुक्कै भएको थियो, ससुरालीमा । जुन किसिमको लाज उसलाई त्यही महिलासँग ओछ्यानमा सुत्दा लागेको थियो, वास्तवमा उ आफ्नो पेशालाई घृणा गथ्र्यो, सोही कारण उ लज्जित थियो । रमेशलाई बाँच्नका लागि अपरिचित महिलालाई गर्भवती बनाउने काम ठीक लागेको थिएन तर बाँच्नका लागि उसँग अर्को उपाय थिएन, त्यतिबेला ।

रमेशले उमेर ढल्किदै गएपछि ३ वर्षअघि मात्रै त्यस्तो पेशा छाडेको थियो । रमेशले आफ्नो पेशाकै कारण बिहे गर्न ढिलाई गरेको थियो । रमेशलाई शरीर कमजोर भएको भानभएपछि उसले ‘गर्भवती’ बनाईदिने जागिर छाडेको थियो । रमेश सुनाउँदै थियो । सम्झनासँग उसको भेट सन् २०६१ को सेप्टेम्बरमा एक हस्पिटलमा भएको थियो, जहाँ उ ‘चेकअप’का लागि गएको थियो, सम्झना त्यही हस्पिटलकी विद्यार्थी थिई । सोही क्रममा चिनजानपछि दुबैको ‘अफयेर’ अघि बढेको थियो । रमेशको कुराले म अवाक्क भएँ, मेरो मष्तिस्क चल्न छोडेको जस्तो भयो, टाउको टनटनगर्न थाल्यो, म एकोहोरो कफी पिउन थालें । रमेश मलाई हेर्दै थियो, सायद उ मेरो प्रतिक्रियाको आशागर्दै थियो ।

Mero report: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:85349?xg_source=activity

Saturday, June 30, 2012

मलाई मन परेकी केटी

म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । जेठ महिनाको घाम के खपी सक्नु हुन्थ्यो र ? करिब पौने घण्टाको मेरो समय त्यही चोकमा बितिसकेको थियो ।

सडक सुनसान जस्तै थियो, छिट्टफुट्ट गाडी मात्रै सडकमा हुँइकिई रहेका थिए । नेपाल बन्द थिएन, हुने कुरा पनि थिएन । मानिसहरु आउँदै–जाँदै गर्दै थिए । एउटा कुनोमा म थिएँ, केही मानिसहरु मलाई हेर्दै जान्थे । मलाई भने उनीहरुले गिज्याएको जस्तो लाग्थ्यो र मुन्टो निहु¥याउँथे, कैदीलेझैं ।

म वास्तबमा पाटन जाँदै थिए, कामले । र, गाडी कुर्दै थिएँ । गाडी आएकै थिएन । हिडेरै जाउँ जस्तो लागेको थियो तर भोटाहिटीबाट पाटन धेरै टाढा भएकोले त्यो आँटै आएन । त्यसो त म गाडी एकदमै कम चढ्ने मान्छे, गाडी चढ्यो कि पैसा खर्च हुन्छ भनेर म जहाँ पनि हिडेरै पुग्थे । तर, भोटाहिटीबाट पाटनसम्म हिड्नुपर्दाको कल्पनाले अत्यास लागेपछि त्यो सोंच मेरो दिमागबाट हराएको थियो ।

सडकमा एउटा गाडी देखा प¥यो, सार्वजनिक यातायात । गाडी म भएतिरै आउँदै थियो । गाडी देखेर म त तीनछक ! त्यस्तो गाडी त मैले आजसम्म देखकै थिइन । मैले गाडी कुरेपछिको लगभग एकघण्टाको समयपछि आएको त्यो गाडी त दुईतले पो थियो । गाडी पनि दुईतले हुँदो रहेछ घर जस्तै भनेर मलाई यसअघि थाहा थिएन ।

गाडी पाटनतिरै जाँदै थियो भन्ने थाहा पाएपछि म गाडीमा उक्लिएँ । लौ ! अचम्म । गाडीको मुनि तलाको त सबै सिट टम्मै पो भरिएका रहेछन् । ‘भ¥याङ चढेर माथी जाउ’ भनेर त्यहाँका एक यात्रुले इशारा गरेपछि म भ¥याङ चढेर गाडीको ‘चोटा’मा गएँ । गाडीको चोटामा पुगेर यसो चारैतिर नजर फैलाएपछि म एक केटी भएको सिट नजिक पुगे, जहाँ एकसिट खाली थियो । म त्यही बसें ।

गाडी बिस्तारै चल्न सुरु ग¥यो । म गाडीको आकार–प्रकार र स्वरुप नियाल्नमै तल्लिन भएँ, केहीबेर । सँगै सिटमा बस्ने केटी झ्यालबाट बाहिरको दृष्य नियाली रहेकी थिई । मैले उसलाई हेरेपछि अड्कल काँटे–लगभग केटी मेरै उमेरको हुँदी हो । केटीलाई यसो नियालेर हेरें–केटी त बिछट्टै राम्री पो रहिछे । सलक्क परेका कपाल, गोरो अनुहार, गाजलभित्र लुकेका सुन्दर आँखा, पुष्ट छाती, रातो टीका ठूलो निधारमाथी, आहा ! कति राम्री ? मेरो मन नै अमिलो भएर आयो ।

दरबार हाई स्कुल पढ्दी रै’छ, हाम्रो कुरोकानी सुरु भो । म भन्दा सानो कक्षामा पढ्दी रहिछे, नत्र त म पनि त्यही पढ्ने, मैले चिन्नुपर्ने ! भर्खरै मात्र स्कुल सुरु गरेकी रै’छ, त्यसैले कसैलाई नचिन्ने रै’छे । उसले त्यतिखेर स्कुलभरीमै चिनेको भनेको ‘देवकोटा’ सर मात्रै रहेछन्, त्यो पनि सरको थर मात्रै थाहा रहेछ, जुन सर स्कुलभरीमै प्रख्यात थिए–सबैले चिन्ने ।

त्यो केटीसँग म केही नजिक भएँ, निसंकोच केटीसँग टाँस्सिएँ । केटीले पनि अप्ठ्यारो मानिन । केटीको हात समातेर मैले सोधे–‘तिम्रो नाम के हो ?’ उसले उत्तर दिई–‘सम्झना ।’ सम्झनाले आफ्नो गर्धनमा ओढिराखेको खास्टो झिकी र काँखमा राखी । साँच्चै सम्झना साह्रै सुन्दर थिई, उसका अंगहरु पनि उत्तिकै सुन्दर थिए । गर्मीले उनका कोमल अंग पसिनाले भिजेका थिए । सम्झनाले चोलीभित्रका भिजेको अंग छोडेर त्यसमाथीका अंगको पसिना खास्टोले पुछ्न थाली ।

गाडीबाट मानिसहरु चढ्ने र ओर्लिनेक्रम चलिरहेको थियो । गाडीमा केटी मान्छे एकदमै कम चढ्थे, चढेका पनि निकै फोहोरी देखिन्थे । तिनीहरुका शरीरमा जताततै नसुहाउँदो र फोहोरी देख्नेगरी रौंहरु उर्मिएका देखिन्थे । तर, सम्झना फरक थिई, निख्खर राम्री ।

गाडीमा चढेका केटाहरुले लुकिलुकी हाम्रो सिटमा आँखा लाउँथे । सायद, सम्झनाको जवानीले तिनीहरुलाई कुत्कुत्याउँदो हो । बिहे नगरेकी कुमारी केटी थिई–सम्झना, क्षत्री घरानको । मलाई पनि सम्झनाको जवानी देखेर इश्र्या लागिरहेको थियो ।

सम्झना पुनः झ्यालबाट बाहिरका दृष्यहरु नियाली रहेकी थिई । दुईतले बसको चोटामा बस्दा त निकै माथी आकाशमै बसे जस्तो लाग्ने रहेछ । बाटाका घरहरु, रुखहरु होचा–होचा देखिने । मानिसहरु त झन् सडकमै बिलाएझैं लाग्दा रहेछन् । बस बिस्तारै गुडिरहेको थियो ।

बसले माइतीघर हुँदै बाग्मती पुल पार ग¥यो । आहा ! कति सफा खोला ? बसमा भएका जति सबैले एकपटक खोलातिर हेरेर दर्शन गरे । बस कुपण्डोल पुगेर रोकियो । सम्झनाको ओर्लिनेबेला भएछ ! मलाई इशारा गरि, मैलो आफ्नो खुट्टो अलिकति सारिदिएँ । ऊ ओर्ली । बस फेरि आफ्नो दिशामा हुईंकियो, मलाई भने सम्झना ओर्लेपछि यात्राभरी खल्लो लागी रह्यो ।

–‘मैले जिन्दगीमा सम्झना जस्ती राम्री केटी देखेकी थिइन्, बुझिस् बाबु ? यो कुरा प्रजातन्त्र आउनुअघिको हो । अर्थात् २००७ सालअघिको, जतिबेला मुलुकमा भित्रभित्रै प्रजातन्त्र ल्याउने चलखेल भइरहेको थियो । हो, त्यहीबेला तेरा बाउ मेरो २ महिने गर्भमा थियो ।’ यति भन्दै मेरी हजुरआमाले आफूले लगाएको ठूलो–गोलो चस्मा फुकाल्नु भयो र नजिकैको चकटीमा राख्नुभयो ।

अनि, भित्तालाई आड लगाउँदै उठेर दराजको ऐनासम्म पुग्नुभयो र निधार खुम्च्याएर आफ्नो बुढ्यौली उमेर ऐनामा हेर्नुभयो । सायद, बुढ्यौली आँखाले देख्न सक्नु भएन कि के हो ? आँखा मिच्नु भो र पुनः ऐनामा हेर्नु भो अनि झरिसकेका दाँत देखाएर खिसिक्क हाँस्नु भो ।

–‘ म त्यतिबेला १५ वर्षकी थिएँ, तेरा हजुर’बा २६ वर्षका थिए । तेरा हजुर’बा पनि बिछट्टै राम्रा थिए, त्यतिबेला ।’ हजुरआमाको आँखामा अचानक आँसु टिल्पिलाए ।

–‘अनि हजुरआमा त्यो सम्झना भन्ने केटीलाई अर्कोपटक फेरि भेट भएन ?’ मैले बच्चाले जसरी नै प्रश्न गरिदिएँ ।

–‘भयो नाती, भयो । त्यसैसँग भेट भएर त मैले यस्तो दुःखको जिन्दगी बिताउनु प¥यो नि ।’
–‘कसरी, हजुरआमा ?’
–‘त्यो सम्झना, त्यही भेटको केही समयपछि तेरी कान्छी हजुरआमा बनेर घरमा आई । अर्थात् मेरो सौता भएर !’




Sunday, June 17, 2012

‘नेपाल’सँग यमराजको अन्तर्वार्ता


नेपाल ठिङ्ग उभिएको थियो, हातमा हत्कडी लगाएको उसले टाउको यताउति घुमाउँदै थियो । सायद, ऊ यमलोकको वातावरण नियाल्न ब्यस्त थियो ।
–‘सतर्क ।’ जिब्रो लामो तन्काउँदै दुई द्धारपालले यमराज आएको जानकारी दिए । सधैंजस्तो यमराज बढो शानसँग अघि बढे र सरासर आफ्नो आशनमा गएर बसे । यमराजसँगै आएका ४ तरुनी सुसारेहरु पनि उनकै सामुन्नेमा थिए ।

सेता–सेता पिंडुल्ला देखिनेगरी स्कर्ट लगाएर यमराजसँग ती तरुनीहरु यमलोक भित्रिदा हामीलाई सधैं भित्रभित्रै कुतकुती लाग्ने गर्छ । यमलोकलाई पनि असारको उखरमाउलो गर्मीले गाँजेको थियो । यो कुरा तिनै ४ सुसारेहरुलाई हेर्दा थाहा पाउन सकिन्छ । गर्मीले दिनप्रति दिन तिनीहरुको छाती ‘ह्वाङ्गै’ हुँदै गइरहेको थियो । सम्भवतः यस्तै दृष्य नजर गर्दागर्दै यमराज बुढो भैसक्दा पनि ह्रष्टपुष्ट देखिएका हुन्, –‘नत्र त हामी सबै ख्याउटे हुँदा यमराज मात्रै कसरी मोटाउन सकेका ?’ यस्तै लाग्थ्यो, मलाई ।

–‘चित्रगुप्त, यमलोकमा आज हाजिर गराइएकाहरुका मृत्युकुण्डली लेउ ।’ यमराजले हुकुम दिए । हत्त न पत्त ठूलो, गोलो पावरवाला चस्मा आँखामा लगाएर चित्रगुप्त यमराजका सामुन्ने हाजिर भए, रित्तो हात लिएर ।
–‘आज यमलोकमा आएको यही एकजना हो, प्रभु । जो जिउँदै छ, मरेकै छैन । त्यसैले यसको मृत्युकुण्डली उपलब्ध छैन ।’ चित्रगुप्तले नेपालतर्फ संकेत गर्दै भने । चित्रगुप्तले आफ्नो वाक्य टुंगाएका मात्रै के थिए, यमराज बुढा त आफ्नो आशनबाट जुरुक्कै उठे, तरुनीहरु तर्सिएर ‘साइड’ लागे ।
–‘हे ! तिम्रो नाम के हो ?’ यमराज कड्किए ।
–‘नेपाल ।’ नेपालले उत्तर दियो ।
–‘अनि, मर्दै नमरी किन आको त ?’
–‘घिटिघिटी सास बोकेर बाँच्नु भन्दा त बरु यतैतिर आउन जाती जस्तो लाग्यो, त्यसैले यताको बाटो रोजें ।’ नेपालले बिनम्रतापूर्वक उत्तर दियो ।

–‘कसरी घिटिघिटी भयौ त ?’
–‘कसरी भएँ भन्नु प्रभु ? ६० वर्ष अगाडिदेखि मेरा सन्तानले मलाई उपचार गर्छु, ओखरी खुवाउँछु, स्वस्थ्य बनाउँछु भन्दै हिंडे तर कहिल्यै कसैले उपचार गरेनन् । त्यसैले म थलिएर घिटिघिटी भएको छु ।’ नेपाल रुँलारुँलाझैं ग¥यो ।
–‘तत् ! तत् ! तत् !’ यमराज बरबराए । यमराज बुढालाई रिस उठ्यो कि सधैं यसैगरी बरबराउँछन्, एकोहोरो ।
–‘जे जस्तो भएपनि नमरी यहाँ आउन पाइन्न, तिमीलाई कसले ह्याँ ल्यायो ?’

नेपाललाई बुढाले गरेको प्रश्नले मेरो होश हवास उड्यो । वास्तवमा नेपाललाई मैले नै मर्दै नमरी यमलोक पु¥याएको थिएँ, मेरो हितैषी जो थियो । अब यमराज बुढाको गाली म माथी पर्ने पक्का थियो । मैले घोसेमुन्टो लाउन सुरु गरें । नेपालले पनि मलाई संकेत गर्दै ‘यसैले लेराको’ भनेर तुरुन्तै जनाउ दियो ।

–‘हे ! यमदुत, यो नेपाल के भन्दैछ ?’
–‘यो जे भन्दैछ, ठीक भन्दैछ, प्रभु । यसलाई मैले नै जिउँदै यमलोक लेराको हो ।’ मैले डराउँदै उत्तर दिएँ ।
–‘अनि, मर्दै नमरी किन लेराको त ?’
–‘यसले म मर्न लागें, मलाई छिटो लैजा भन्यो । अनि, मैले पनि यसलाई परेको ठूलो चोटको बारेमा थाहा पाएँ, अनि दया लाग्यो, मलाई पनि यो मरेकै ठीक जस्तो लाग्यो । त्यसैले लेराउँदा लेराउँदै बाटैमा मर्छ कि भनेको मर्दै मरेन, प्रभु ।’ मैले स्पष्टीकरण पेश गरें ।
–‘ओहो ! यस्तो पनि हुन्छ ?’ बुढा अझ कड्किए ।
–‘प्रभु, मैले अस्ति एकजना व्यक्तिलाई मरेपछि लेराको थिएँ । त्यो मरेको व्यक्ति त २ मिनेछपछि पुनः ब्युँतियो अनि त्यसलाई मैले फिर्ता पठाई दिएको थिएँ । अब यो घिटिघिटी भको चाँही मरिहाल्छ कि भनेको.......। आजभोलि यस्तो घटना थुप्रै हुँदैछ, प्रभु । हजुर अपडेट नै हुनुहुन्न, कहिले–काँही यसो फेसबुक चलाउने गर्नु न, संसारकै बारेमा थाहा हुन्छ ।’ मैले आफूले देखेका, भोगेका र सुनेका सबै कुरा यमराज बुढालाई सुनाई दिएँ ।

–‘तिमी कुन देशको यमदुत ?’ बुढाले प्रसंग ‘चेन्ज’ गरे ।
–‘नेपालको प्रभु ।’ मैले शीर ठाडो पारेर उत्तर दिएँ ।
–‘अनि जिउँदै नेपाल बोकेर हिड्ने हो त ?’
–‘प्रभु, नेपालीले बोक्ने भनेकै नेपाल त हो नि ! अरु त केही भए पो ? नेपालीहरु नेपालको नामै मात्र बोकेर खुशि हुन्छन् । अरु त नेपालीसँग केही छैन, न जागिर छ, न पैसा, न शिक्षा, न सम्पत्ति, न अस्थित्व ।’ धेरै दिनदेखि उकुस–मुकुस भएर मेरो मनमा गुम्सिएका कुराहरु मैले एकै पटकमा जाहेर गरें ।
–‘यमदुत, तिमी कसरी ह्याँ जागिर खान आईपुग्यौ ?’
–‘आरक्षण कोटाबाट प्रभु ।’ मैले हतार–हतार उत्तर दिएँ ।
–‘त्यही भएर तिम्रो काम बिग्रेको रैछ ।’ यसपाली बुढा कड्केनन्, शालिन नै भएर भने–
‘तिम्रो गल्ती स्वरुप तिम्रो ३ महिनाको तलब रोक्का ।’

यमराजको यस कुराले भने मलाई झ्वाँक चल्यो । बुढाले मलाई थर्काउने ? मलाई भाउन्न भो । यमलोकमा भएका यमदुतहरुको छाता संगठन ‘यमदुत हक संरक्षण मञ्च’को सदस्य मलाई बुढाले ‘च्यालेन्ज’ गर्ने ? मलाई के गरुँ, के नगरुँ भएर आयो । मैले केहीबेरका लागि शान्त हुने निर्णय गरें, यमदुत हक संरक्षण मञ्चका सदस्यहरु यमलोकमा उपस्थित नहुन्जेलसम्मका लागि ।

–‘तिम्रो जग्गा बिक्रि हुँदैछ रे हो, प्लटिङ गरेर ?’ यमराजले प्रश्न गरे ।
–‘होइन प्रभु । हजुरलाई यस्तो नचाहिने कुरा कसले सुनायो ? नेपालले प्रतिप्रश्न ग¥यो ।
–‘यहाँको मिडियामा त्यस्तै हल्ला छ त ?’
–‘त्यस्तो होइन प्रभु । तलब नपाएर झोंक्किएका केही खराब रिपोर्टरहरुले त्यस्तो समाचार प्रेषित गरेका होलान् ।’ निडरकासाथ नेपाल बोल्यो ।
–‘त्यसो भए कुरा के हो ?’
–‘कुरा संघीयताको हो, प्रभु । सबैको कला, संस्कृति र पहिचान सुरक्षित गर्ने सवालको कुरा हो ।’ नेपालले यथार्थ वर्णन ग¥यो ।

यमराजलाई साह्रै गर्मी भएछ, उनका निधारभरी पसिना देखिए । यमराजले एउटी राम्री सुसारेलाई ‘फ्यान’ खोल्न अहराए र अर्की सुसारेलाई चिया पकाएर ल्याउन भने, हामी सबैलाई पुग्नेगरी । तुरुन्तै चित्रगुप्तले गर्मीमा ‘स्लाइस’ खाँदा उत्तम हुने कुरा जाहेर गरेपछि यमराजले सुसारेलाई चिसो स्लाइस ल्याउन हुकुम दिए ।

–‘अनि, तिमी त कसैलाई काँखा, कसैलाई पाखा गर्छै रे ?’ कसैलाई धेरै अधिकार दियौ रे, कसैलाई दिंदै दिएनौ रे ?’ स्लाइसको घट्की लाउँदै यमराजले सोधे ।
–‘त्यस्तो होइन प्रभु । यो सबै भ्रामक प्रचार हो ।’ नेपालले आश्वस्त पार्न खोज्यो ।
–‘अस्ति एकजना ह्याँ आको थियो, गोली खाएर मरेको रैछ, उसैले बेदना पोख्दै थियो ।’ यमराजले उदाहरण दिन खोजे ।
–‘सत्य प्रभु । मैले त्यसो गरेको छैन । झुटो बोलेको भए मरिजाउँ ।’
–‘के को मरिजाउँ ? मर्दै नमरी तिमीलाई यमलोक आउनु प¥या छ, तिम्रो कसमको के भर ?’ यमराज जंगिए ।
–‘म सत्य भन्दैछु, प्रभु । मैले कसैलाई काँखा, कसैलाई पाखा गरेको छैन ।’ नेपाल विनम्रतासाथ प्रस्तुत भयो ।

नेपालको यस स्पष्टीकरणले पनि यमराज सन्तुष्ट भएझैं देखिएनन् । यमराजले हाम्रा हातमा रहेका स्लाइसका बोत्तल रित्तिसकेको देखेपछि आफ्नो बोत्तलमा भएको आधी स्लाइसलाई एकै पटकमा स्वाट्टै पारे । र, एउटी सुसारेलाई खाली बोत्तल थमाईदिए । त्यो सुसारे क्याटवाकगर्दे हामी छेउ आई र हाम्रो हातको बोत्तल पनि क्याटवाकगर्दै लिएर गई । वास्तबमा हामीले ती राम्रा तरुनीहरुलाई स्पर्श गर्ने भनेकै यस्तै बेलामा हो, लिने र दिने बहानामा ।

–‘तिम्रो कुराबाट म अझै विश्वस्त भइन ।’ यमराजले शंका व्यक्त गरे ।
–‘प्रभु, जेठो छोरा धेरै पढेर डाक्टर हुन्छ । माहिलो हलो जोत्छ, खेतिपाती गर्छ । साईंलो बीचमै पढाई छाडेर विदेश जान्छ र कान्छो स्कुलदेखि अल्लिअल्ली पढेर राजनीति गर्छ, यसमा मेरो के दोश ? यो त उनीहरु आफैले रोजेको कुरा हो नि ! मेरा लागि त ती चारै सन्तान बराबर हुन् नि !’ नेपालले यत्ति भन्यो र खुईइय ग¥यो ।

नेपालले गरेको कुरा चाँही मलाई राम्रो जस्तो लाग्यो तर गाँठी अर्थ भने मैले खुट्याउन सकिन । मेरो शरीर भुईंचालो जाँदाझैं झट्का लागे जस्तोगरी काम्दै थियो । वास्तवमा हरेक दिन बेलुका पिएको ‘कोदो’को रक्सी धेरै भएपछि मलाई भोलिपल्टै यस्तै हुन्छ ।

–‘अनि, तिमी त विदेशीसँग ऋण मात्रै माग्छौ रे ?’
–‘प्रभु, उद्योगधन्दा–व्यवसाय गर्न नपाएपछि, कलकारखाना खोल्न नपाएपछि, वर्षैपिच्छे चुनाव मात्रै गर्नुपर्ने भएपछि ऋण नमागीकन सुख छ र ?’ नेपालले प्रश्न तेर्सायो ।
–‘अनि, तिमीसँग त पानी, विजुली के–के छ रे नि !, हैन ?’
–‘विजुली हैन प्रभु, पानी मात्रै छ । विजुली निकाल्न खोज्यो, टेण्डर खुल्ला गर्ने बेलासम्म काम राम्ररी हुन्छ । टेण्डर ‘पास’ भएर बजेट निकास भयो कि काम रोकिन्छ ।’ नेपालले उत्तर दियो ।
–‘तिम्रो मर्ने बेला भएको छैन । तिम्रो धेरै काम बाँकी छ । तिमी प्राविधिक त्रुटी भएर झुक्किएर यमलोक आइपुग्यौ, तिमीलाई फिर्ता पठाउनु पर्छ । जिउँदोलाई यमलोकमा राख्न सकिन्न ।’ यमराजले यमलोकको नियम सुनाए ।
–प्रभु, म फेरि अब घिटिघिटी नै भएर बाँच्नु पर्ने भो है ? मैले मर्न खोज्दा नि, नपाउने भएँ ।’ यत्ति भन्दै नेपाल क्वाँक्वाँ रुन थाल्यो ।

यमदुत हक संरक्षण मञ्चका सदस्यहरु क्रमश यमलोक प्रवेश गर्न थाले । म भने ती सदस्यहरु भएतिरै लागें । सदस्यहरुसँग छलफल गरेर मैले यमराजले मप्रति तोकेको सजायको विरोध गर्न आन्दोलनका कार्यक्रमहरु तय गर्नुपर्ने भयो ।

on mero report: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:82167

Friday, June 15, 2012

मापसे चेकिङ ? ‘नो प्रब्लम !’



मेरो एकजना साथी छ, प्रमोद । प्रमोद एकताका फिल्म हलमा ‘क्यारिएर’को काम गथ्र्यो । हलको कर्मचारी उसको काम भनेको एउटा हलबाट अर्को हलसम्म फिल्मको ‘रिल’ पु¥याउने थियो । यतिसम्म सुन्दा त ठीकै थियो । तर, उसको काम निकै जटिल थियो । फिल्मको बीचमा हुने १० मिनेटको ‘ब्रेक’भित्र उसले रिल अर्को हलमा पु¥याईसक्नु पथ्र्यो ।

राजधानीमा हुने चर्को जामको मार प्रमोदले राम्ररी अनुभव गरेको थियो । गोपीकृष्ण हलबाट १० मिनेटमा मोटरसाइकलमा ग्वार्को (गुणहल)सम्म पुग्न उसले कहिले–काँही गरेको तीकडम सुनाउँदा हामी हाँस्थ्यौ । प्रमोदले अर्को हलसम्म पुग्न छानीछानी छोटकरी बाटोहरुको प्रयोग गथ्र्यो रे ! तर, यो कुरा धेरै अघिको हो । अहिले त प्रमोदले त्यो जागिर छोडिसक्यो ।

एकदिन प्रमोद हामीलाई भेट्न आएको थियो । कामबाट फुर्सद निकालेर उ बेलाबेलामा हामी (साथीभाइ)लाई भेट्न आउँथ्यो । अनि, हामी चाबेल स्तुपाको ‘पासा’को पसलमा चिया पिउँथ्यौ । त्यसदिन पनि त्यस्तै भयो, प्रमोदले ‘हट लेमन’ अर्डर ग¥यो । त्यस पसलको हट लेमनलाई प्रमोद हाजमोला भन्थ्यो, जुन उसको ‘फेभरेट’ थियो । बास्तबमा बुद्ध स्तुपाभित्र बसेर हटलेमन पिउँदाको मजै बेग्लै थियो ।

–‘राँडीका बान ! ट्राफिकले समात्यो, मलाई हिजो ।’ प्रमोदले सुनायो ।
–‘काँ ?’ कसले पो सोधेको थियो, अहिले मलाई ठ्याक्कै हेक्का भएन ।
–‘चाबेलचोकमा नि ! ग्वार्को जान लागेको थिएँ, लाइसेन्स ले भन्दै समात्यो ।’
–‘अनि के गरिस् त ?’ मैले सोधे । मलाई थाहा थियो, प्रमोदले लाइसेन्सबिनै लामो समयदेखि बाइक कुदाउँदै आएको थियो ।
–‘के गर्नु नि ? केही उपाय देखिन र गुहार–गुहार भन्दै बीच सडकमै क्वाँक्वाँ रोइदिएँ, ट्राफिकले मलाई हातपात ग¥यो भन्दै रोएजस्तो गरिदिएँ ।’
–‘अनि ?’
–‘त्यसपछि के भयो भन्दै मान्छेको भीड बढ्यो, गाडी जाम हुन थाल्यो, भीडले ट्राफिकको कुरा सुन्दै सुनेन र सबैले मलाई साथ दिन थाले । अनि, ट्राफिकले आजित भएर मेरो खोसेको चाबी दियो र जान भन्यो ।’
–‘हा हा हा हा हा हा ।’ हामी सबै हाँस्यौ, एकैपटक ।

प्रमोदले कामका सिलसिलामा अपनाएका यस्ता तीकडम त कति थिए, कति ? प्रायःजसो उसले ट्राफिक र बाइक हुँकाइको प्रसंग सुनाउँथ्यो । मान्छेका घरका पेटीपेटीबाट बाइक नकुदाएको दिन हुँदैनथ्यो–त्यतिबेला, यो उसकै अनुभव थियो । ऊ आफूले आफूलाई बाइक कुदाउन र ट्राफिक छक्याउन माहिर ठान्थ्यो ।
–‘ट्राफिकसँग बच्ने त कति उपाय छन्, छन् ?’ ऊ भन्थ्यो ।

केही दिनअघिको एकसाँझ हामी गणेशथान तलको विनायक नेवारी खाजा घरमा थियौं । त्यस होटेलको नाम मात्रै ‘विनायक नेवारी खाजा घर’ हो, वास्तवमा त त्यो ‘विनायक नेवारी रक्सी घर’ हो । हामी पनि रक्सी पिउन छिरेका थियौं । हामी भनेको प्रमोद र म त भईहाल्यौं । अर्को एकसाथी थिएँ, जसको नाम जीवन साथी हो ।

हामी रक्सी पिउँदै थियौं, बेलुकीको साँढे सात भईसकेको थियो । साथी, जीवनसाथीका पनि अचम्म–अचम्मका प्रसंग छन् । उसले एकदिन एक अफिसको हाकिमनीसँग कुरा गर्न अफिसको रिसेप्सनमा फोन गरेछ । रिसेप्सनिष्टले फोन उठाएर साथीको नाम सोधिछ–‘जीवनसाथी ।’ साथीले आफ्नो भनेको मात्रै के थियो रे रिसेप्सनिष्टले त तथानाम फलाक्न थाली रे !
–‘तपाईहरुलाई लाज लाग्दैन, यसरी अफिसमा फोन गरेर जिस्किन ?’
–‘तपाईहरुका दिदी, बहिनी, आमाहरु छैनन् ?’ गर्नुसम्म गाली गरेर रिसेप्सनिष्टले फोन काटिदिइछ, बिचरा ! जीवनसाथीले चुक्क बोल्न समेत पाएन छ । जीवनसाथीले आफ्नो नामकै कारण कति ठाउँमा गाली खाएको म स्वंयले समेत प्रत्यक्ष देखेको छु । जुनै स्थानमा पनि परिचय गर्दा आफ्नो नाम भन्नै प¥यो । नाम, जीवनसाथी भन्यो कि सबैले नाक खुम्चाउने, केटीहरुले त झन् झपार्न समेत बाँकी नराख्ने ।

यस्तै–यस्तै एकअर्काका अनुभव सुन्दै–सुनाउँदै हामी रक्सी पिइरहेका थियौं । यतिबेलासम्म हामीले ३ क्वाटर नेवारी रक्सी, ५ वटा चुरोट, तीन’टा माछा, एक–एक प्लेट उसिनेको खशीको टाउको र पाङ्ग्रा अनि तीन’टा पापड बुत्याईसकेका थियौं । हाम्रा स्वर बिस्तारै लरबरिदै थिए भने हरकतहरु पनि बरालिदै थियो ।

मैले छैटौं चुरोट सल्काउँदै गर्दा ढोकाबाट गोविन्द वर्तमान छिरेको देखें । यी साहित्कार बुढादेखि मलाई भित्रभित्रै डर लाग्थ्यो । एकपटक हामी साथीसाथी कुरो गरिरहेको बेला उनी हामीसँग कुरो गर्न आए, ज्यादै मात्तिएको अवस्थामा । र, तात्तो न छारोका तर्कहीन कुरा गरे । त्यहीबेला देखि म यिनीसँग चेतेको थिएँ । बुढा सरसर्ति ‘आफ्नो बेन्च’तर्फ अघि बढे, मैले हल्का टाउको निहु¥याएँ–देख्लान् कि भनेर ।

गोविन्द वर्तमान छिरेको पाँचै मिनेटजतिपछि अर्का लेखक पनि त्यही छिरे–खगेन्द्र संग्रौला । हो, यो होटलमा साहित्यकार, प्रोफेसरहरुका बेला–बेला जमघट हुने गर्छ । त्यसमा पनि खगेन्द्र संग्रौला र गोविन्द वर्तमान त होटलका ‘रेगुलर’ ग्राहक नै हुन्, म जस्तै । खगेन्द्र बुढा चुरोट अति तान्ने, छिनछिनमा नयाँनयाँ चुरोट सल्काउने उनको आदतै हो । खगेन्द्र बुढा लेखनमा जति खरो छन्, त्यो भन्दा बढी खरो त उनी शान्त भएर बसेको बेला लाग्थ्यो, मलाई । रक्सीले नलाग्नुजेल खगेन्द्र बुढा खासै बोल्दैनन् । ख्याउटे अनुहारका बुढा बुङबुङ्ती चुरोटका धुँवा उडाउँदै कता–कता, के–के सोचिरहेकाझैं देखिन्छन्, प्रायः त्यस ‘विनायक नेवारी रक्सी घर’मा ।

हामी तीनै जना ‘झ्याप’ भयौं । म र जीवनसाथीको तुलनामा प्रमोद अलिकम झ्याप भएजस्तो थियो । मैले अझै थपौं भन्दै थिएँ, प्रमोदले इन्कार ग¥यो । जीवनसाथी त १० मिनेट अघिदेखि नै टेबलमा घोसेमुन्टो लाएर बसेको थियो ।
–‘अब ठमेल जाऔं, मसाज गर्न । प्रमोदले प्रस्ताव राखेको थियो ।
–‘हट ! नजाने ।’ मैले ठाडै अस्वीकार गरिदिएँ ।
–‘त्यसो भए डान्स जाउँ न त ।’
–‘ह्याँऽऽऽ पर्दैन, अब घर गएर सुत्ने हो ।’ मलाई कतै जानै मन थिएन ।
–‘डान्स जाने भए म पनि जान तयार ।’ जीवनसाथीले लरबरिएको स्वरमा बोल्यो । अन्ततः डान्स जानेमै बहुमत पुगेपछि म हारें, मैले उम्किन पाईन ।

होटलको बिल प्रमोदले ति¥यो । बिल तिर्ने बेलामा म जहिले जहाँ पनि ट्वाईलेट लागेको बहानामा ट्वाईलेटतिर छिर्छु । म ट्वाईलेटबाट निस्कदा दुबैले बाइक स्टार्ट गरिसकेका थिए । मैले प्रमोदलाई ड्राइभर बनाएर आफू यात्रु बन्ने बिचार गरे । मेरो बाइक छैन, चलाउन पनि आउँदैन । हामी हुईंकियौ । प्रमोदले बाइक गौशला हुँदै अघि बढायो ।
–‘किन यति लामो घुमाको, सिधै नगएर ?’ कालोपुल हुँदै गएको भए हुन्थ्यो भन्ने मेरो आशय थियो ।
–‘गौशालामा तिघ्रा र दूध देखाएर ग्राहक कुर्दै बसेका छडौंलीहरुलाई हेर्न मजा आउँछ नि ! यार ।’ यति भन्दै प्रमोदले बाइकको गति तेज ग¥यो ।

द्धारिका होटल कटेको मात्रै थियो, प्रमोदले बाइक हस्याङ–फस्याङगर्दै निलोपुल निस्कन मिल्ने गल्लीतिर हुल्यो । र, केही पर पु¥याएर रोक्यो अनि चुरोट सल्कायो । जीवनसाथी पनि आइपुग्यो ।
–‘किन यता छिराको ?’
–‘तेराबाजे, चेकिङ देखिनस्, त्याँ ।’ प्रमोदले मलाई झपा¥यो ।
–‘यो ‘मापसे’ चेकिङले आज दुःख दिन्छ कि के हो ?’ जीवनसाथी निराश हुँदै थुचुक्क भुईंमा बस्यो ।
–‘केही हुँदैन, यस्तो त मैले कति भोगेको छु, भोगेको छु ।’ प्रमोदले आश्वस्त पार्न खोज्यो ।
–‘मुजी ! जति भोगे पनि एकपटक समात्यो भने सक्कि हाल्यो नि ! मुख गनाई हाल्छ क्यारे ।’ जीवनसाथी जंगियो ।
–‘त्यस्तो हुँदैन, खुरुक्क अगाडि हेरेर बाइक कुदा न, जहाँनेर चेकिङ देखिन्छ, त्यसको वरैबाट म बाइक घुमाउँछु । अनि, तँ पनि गुमाई हाल ।’ प्रमोदले उपाय सिकायो ।
–‘त्यसो गर्ने र ?’
–‘हैन, सिधै ट्राफिक भा ठाउँमा गएर आत्मसमर्पण गर्ने । मुजी ! जाँड खाएर हिड्नु छ, त्यसो गर्ने र, यसो गर्ने र ? भन्छ ।’ यसपटक प्रमोदले जीवनसाथीलाई थर्कायो । मलाई हाँस उठ्यो, हाँसे ।
–‘केहीगरी ट्राफिकले भेट्टाई हाल्यो भने ?’ जीवनसाथीले मलाई चुरोट ‘पास’ गर्दै प्रश्न तेर्सायो ।
–‘यी यस्को के काम ? सुन, ‘यस्तो’ गर, बुझिस् ?’ प्रमोदले मलाई केही जुक्ति सिकायो ।

हामी ठमेलको एउटा डान्स रेष्टुरेन्टमा पुग्यौं । जहाँ चर्को आवाजमा हिन्दी गीत घन्किरहेको थियो । नृत्यङ्गनाहरु नृत्य कम अंगप्रदर्शन बढी गरिरहेका थिए । यसअघि हाम्रो बाइकले धेरैपल्ट ‘घुम्ने’ र ‘गल्ली छिर्ने’ काम गरेको थियो । हामी डान्सबारबाट लगभग आधा घण्टामै बाहिरियौं, तीनजनाले एउटा वियर पिएर ।

प्रमोद बेलाबेलामा आफ्नो ‘आइडिया’ले काम गरेको भन्दै कुर्लिदै थियो । जीवनसाथीको बाइकतिर फर्केर चर्को ‘हर्न’ बजाउँथ्यो । जीवनसाथीले पनि मलिन ‘हर्न’ बजाउँदै हर्नको जवाफ हर्नबाट दिन्थ्यो ।
–‘बुद्धि हुने मान्छेलाई कसैले जित्न सक्दैन, मापसे चेकिङ त आइडिया नभएका त्यो जीवनसाथीहरु जस्ताको लागि हो ।’ प्रमोदले एकपटक गर्वका साथ पछाडि फर्केर हे¥यो र हर्न बजायो । उताबाट पनि उत्तर आयो–‘टिँटटिँट ।’
अचानक एउटा अँध्यारो–अँध्यारो स्थानमा बाइक ‘झ्याप्प’ रोकियो । यसो टाउको उठाएर हेरेको त वरिपरि हरिया बर्दीधारी ट्राफिकै–ट्राफिक पो रहेछन् । लौ ! बित्यास पर्ने भो ।
–‘काँ जान लाग्या ?’ एउटा ट्राफिकले सोध्यो ।
–‘हस्पिटल हजुर ।’ मैले उत्तर दिएँ । प्रमोदले हेल्मेट फुकालेन र बोल्दा पनि बोलेन, टाउको निहु¥याएर बसिरह्यो ।
–‘के रे ?’ ट्राफिकले फेरि सोध्यो ।
–‘टिचिङ हस्पिटल जान लाग्या हजुर, उहाँको श्रीमतीलाई भर्खरै इर्मेजेन्सीमा लगिएको रैछ । त्यही भएर हामी दुई समेत उहाँको लागि हिडेंको ।’ मैले पछाडिको बाइक पनि हाम्रो हो भन्ने जनाउनेगरी ट्राफिक समक्ष आत्तिदै बोलें ।
–‘साँच्चै हो ?’
–‘हो, सर ।’ प्रमोदले झोक्राउँदै बोल्यो ।
–‘कहाँबाट आ’को ?’ ट्राफिकले फेरि प्रश्न तेर्सायो ।
–‘कामबाट ।’
–‘कस्तो काम ?’
–‘न्यूज लेख्ने काम हजुर ।’
–‘कार्ड छ ?’ मैले हतार–हतार ‘प्रेसपास’ देखाईदिएँ । ट्राफिकले एक–एक पढ्यो र जान अनुमति दियो । हामी अघि बढ्यौं । त्यति बोल्दा ट्राफिकलाई हाम्रो मुख गनायो कि गनाएन थाहा छैन । तर, हामीले भने यसअघि नै बाइक रोकेको ठाउँमा ‘माउथ स्प्रे’ छर्केका थियौं, प्रमोदले भने बमोजिम । माउथ स्प्रे सधैं खल्तीमा बोकेर हिड्ने प्रमोदको पुरानै बानी हो । बास्तवमा प्रेसपास पनि मसँग मात्रै थियो । साथीहरु त अर्कै पेशाको उनीहरुसँग हुने कुरै भएन । ट्राफिकले साथीहरुको पनि प्रेसपास खोजेको भए त्यहाँ पुनः अर्को ‘कथा’ रच्नुपथ्र्यो ।

हामी त्यसरी त्यहाँबाट उम्किएका थियौं । अर्को एक ठाउँमा पनि हामी त्यसैगरी फसेका थियौं । त्यहाँ भने ‘मलामी’ हिंडेको ‘आर्यघाट’ भनेर उही पूरानै शैलीमा मैले प्रेसपास देखाएपछि ट्राफिकबाट बचेका थियौं । यस्तो ‘जुक्ति’ (तीकडम) भने उही प्रमोदले सिकाएको थियो, मलाई । द्धारिका होटलबाट भित्र छिरेको गल्लीमा, जहाँ हामीले बाइक रोकेर चुरोट तानेका थियौं ।

लौ ! हाम्रो बाइक त रविभवन पो पुगेछ, पत्तै भएन मलाई त । पछाडिबाट जीवनसाथी हर्न बजाको बजाकै थियो, प्रमोदले कुनै प्रतिक्रिया दिएको थिएन ।
–‘ओई, हामी कता जान ला ? मैले जिज्ञासा राखें ।
–‘मलेखु ।’
–‘किन, १० बजिसक्यो, के गर्न जाने ?’
–‘माछा, भात खान ।’
–‘ह्याँऽऽऽऽऽऽ ।’ मलाई रिस उठ्यो ।
–‘तँ चुप लागेर बस न, बाइक कुदाउने म छँदैछु, तँलाई जतिखेर भएपनि घरमा लगेर छाडिदिए भएन ?’ प्रमोदले यत्ति भनेपछि मैले बोल्ने ठाउँ पाइन ।
–‘मलेखु जाने रे, खाना खान ।’ मैले जीवनसाथीलाई जानकारी गरिदिएको थिएँ । जीवनसाथीलाई पनि प्रमोदको कुरा चित्त बुझेनछ क्यारे, टाउँको बटार्दै थियो ।

प्रमोदले बाइक छलाउन खोज्दा–खोज्दै पुनः एकपटक हामी ट्राफिकको घेरामा परिहाल्यौं । कंलकीको चोकमा त ट्राफिकको जत्थै हुने रहेछ, त्यतिमात्रै हो र ? त्यहाँ त पुलिसको पनि एउटा जत्था तैनाथ रहेछ ।
–‘साला ! भाग्न खोज्छस् ?, ओर्ली ।’ एउटा ट्राफिकले बाइकको चाबी खोस्दै धम्कायो । हामी बाइकबाट ओर्लियौं । पुलिसहरु हाम्रा नजिक आए, प्रमोदले उही पुरानै शैलीमा घोसेमुन्टो लगाउन सुरु ग¥यो ।
–‘काँ जान ला ?’
–‘हस्पिटल ।’
–‘कसलाई के भो ?’
–‘उहाँको श्रीमती इर्मेजेन्सीमा...........।’ मैले उही पुरानै डाइलग दोहो¥याई दिएँ । प्रमोदले भने मलाई चिमोट्दै थियो । मैले हामी आएको बाटोतिर एकपटक हेरेको थिए–ला ! जीवनसाथी त थिएन । कतिखेर हामीलाई छोडेर टाप कसिसकेछ ।

–‘श्रीमतीको नाम ?’
–‘सम्झना ।’ मैले प्रमोदको प्रेमिकाको नाम भनिदिएँ । बिहे त हामी कसैको भएकै छैन नि !
–‘अनि घरमा को–को छन् ?’ पुलिसले प्रमोदलाई इंगितगर्दै सोध्दै थियो, उत्तर भने म दिंदै थिएँ ।
–‘घरमा ३ जना दाजु, बुबा, आमा र एकजा फुपु ।’ मैले ढिलाई नगरी प्रमोदको परिवारको बारेमा बताईदिएँ ।
–‘अनि, दाइको नामहरु भनिदेउ न त ।’
–‘सरी दाजु ।’ भन्दै प्रमोदले कान समात्यो । त्यसपछि मेरो सातो गयो । वास्तबमा म प्रमोदका अन्य परिवार चिने पनि ठूल्दाई भने चिन्दिन थें, उहाँ पुलिसमा इनिस्पेक्टर हुनुहुन्छ भन्ने मात्रै थाहा थियो, जो तिनै इनिस्पेक्टर लक्ष्मी भट्टराई थिए, जसले हामीलाई प्रश्न सोधिरहेका थिए भन्ने चाँही मलाई थाहा थिएन । त्यसपछि त म चुप !
–‘श्रीमती हैन, श्रीमतीको नाम सम्झना हैन ? ल ! यिनीहरुलाई भ्यानमा कोच्नु ।’ यति भनेपछि प्रमोदको दाइ बाइकतिर लागे । हामी भने त्यस रातभर पुलिसचौकीमा ।




Friday, June 8, 2012

पूर्वराजा वीरेन्द्रसँग फेसबुक च्याट

‘वीरेन्द्र वीरबिक्रम शाहदेव, एड एज अ फ्रेन्ड’ भन्दै फेसबुकको दाहिने कुनोको माथीपट्टि एउटा पेज देखा प¥यो । पूर्वराजा ‘वीरेन्द्र’ भन्ने बितिक्कै एकैपटक बाढी आएझैं २०५८ साल जेठ १९ गतेको त्यो रात र घटना मेरो दिमागमा फन्फन्ती घुम्न थाल्यो । केही बेरमा म सम्हालिएँ । र, हतार नगरी पूर्वराजा ‘वीरेन्द्र’लाई ‘एड फ्रेन्ड’ गरें । बुढाको फ्रेन्डलिस्टमा ३ हजार बढी मानिस थुप्रिसकेका रहेनछन् । त्यसै भीडमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउने अनेक ‘प्रजा’हरु मध्येमा म पनि मिसिएँ ।

कम्प्यूटरले रातको सवा बाह्र बजेको जनाईरहेको थियो । म एकोहोरो सोसियल साइटहरु ‘सफरिङ’मा ब्यस्त भइरहेको थिएँ । जेठको उखरमाउलो गर्मी छल्न नसकेर म राति अबेरसम्म नेटमा झुन्डिने गर्छु । गर्मीले निन्द्रा नलाग्ने र मौसम शित्तल बनाउन घरमा पंखा नभएका कारण राति अबेरसम्म जागा बस्नु मेरो सानै देखिको बाध्यता हो, अहिले भने केही राहत मिलेको छ–नेटका कारण । यो नेट भएपछि समय कटेको पत्तै हुँदैन, निन्द्रा पनि लाग्दैन ।

अचानक मेरो फेसबुक पेजमा एउटा नयाँ ‘नोटिफिकेशन’ देखा प¥यो । मैले नोटिफिकेशन हेर्न ढिलाई गरिन । ढिलाई होइन, जहिल्यै पनि म नोटिफिकेशन हेर्न आतुर हुन्छु । मरेर आक्कल–झुक्कल आउने एक–दुईवटा नोटिफिकेशन हेर्न को आतुर नहोस् ? लौजा ! म त चकित, नोटिफिकेशनले ! ‘वीरेन्द्र वीरबिक्रम शाहदेव एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट’ भनेर पो देखायो । बुढा त अनलाइनै पो रहेछन्, रिक्वेस्ट पठा’को पाँचै मिनेट जतिमा फ्रेन्ड रिक्वेस्ट एसेप्ट भयो ।

रातको १२ बजेपछि पनि वीरेन्द्र अनलाइन ? लौ ! यिनलाई पनि गर्मी भएछ कि के हो ?, पंखा रहेनछ कि के हो ?, निन्द्रा लाग्दैन कि के हो ? यस्तै कुरा मनमा आयो । त्यो भन्दा बढी मलाई वीरेन्द्रसँग ‘च्याट’ गर्ने कुतकुती चल्न थाल्यो । के भन्ने ?, कसरी भन्ने ?, कसरी सुरु गर्ने ? दोधारकैबीच एक्कासी किबोर्डमा औंला दाबें र ‘मौसुफ, नमस्कार !’ लेखेर ‘इन्टर’ गरिदिएँ । त्यसपछि पो मेरो मुटुको गति बढ्न थाल्यो त । बुढाले के सोचे होलान् ?, मैले त्यसरी लेख्न हुन्थ्यो–हुँदैनथ्यो ?, मेरा ती दुई शब्दले बुढाको सत्कारको स्तर ‘मेन्टेन’ ग¥यो–गरेन ? शरीरभरी चिटचिट पसिना आउन थाल्यो, डरले ।

–‘तिमी को ?’ बुढाले प्रश्न तेर्साए ।
–‘म हजुरको प्रजा, सरकार ।’ त्यसपछि भने डर कम भयो, टाइप गरेर जवाफ फकाईदिएँ । जे होस् बुढा अरुले भनेजस्तै मिजासिला रहेछन, मैले दुई वाक्यमै बुढाको बानी ब्यहोरा आंकलन गरें ।
–‘अनि सरकार, अहिले हजुर कता होइबक्सन्छ ?
–मरेपछि मान्छे कहाँ हुन्छ, तिमीलाई थाहा छैन ?
–के थाहा हुनु, सरकार ? आफू मरेको छैन ।’ ला ! ठाडो उत्तर पो दिएँ कि क्या हो ?


–‘म अहिले माथी छु ।
–कता माथी ?
–सबैभन्दा माथी ।
–अनि, हामीले कसरी देख्ने त ?
–सबैभन्दा माथी मन हुन्छ, मनको कुरा देख्ने होइन, अनुभव गर्ने हो, अहिले म तिमीहरुले अनुभव गर्ने ठाउँमा छु ।’ लौ ! बुढा त विद्धान् पनि पो रहेछन् त कस्तो सटिक उत्तर ?, गुट्टी पो दिए, मलाई ।

मेरो मन भित्रभित्रै चङ्गा हुँदै गइरहेको थियो । नहोस् पनि किन ? वीरेन्द्रको परिवार नास भएको दरबार हत्याकाण्डको ११ वर्षपछि म उनै वीरेन्द्रसँग च्याट गर्दै थिएँ । त्यो पनि त्यही दिन, जुन दिन दरबारमा गोली चलेको थियो । हो, जेठ १९ गतेकै राध्यरातमा म वीरेन्द्रसँगको फेसबुक च्याटमा थिएँ । सम्भवतः ११ वर्षअघि यही रात १२ बजेसम्म त वीरेन्द्रको मृत्यु भइसकेको थियो, तैपनी उनको मृत शरीरलाई ‘जिउँदै’ बनाई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका लागि राखिएको थियो ।

–‘अनि सरकार, हजुरको हत्या कसले गरेको हो ?’ इन्टर थिचिसकेपछि चसक्क मुटुमा घोच्यो, यस्तो चाँही नसोधेको भए हुन्थ्यो !
–‘संस्कारले,
प्रवृतिले,
ईश्र्याले,
अंहमताले,
छट्पटाहाटले,
उत्कण्ठाले,
अज्ञानताले,
देखासिकीले
–हजुरले के भन्न खोजी बक्सनुभएको हो ? मैले केही बुझिन सरकार ।
मान्छेको अनुहार चिनिबक्सनु हुन्छ ?
–..............................................’ लौ ! बुढाले त ‘डटडटडटडट’ पो लेखेर पठाए त ।
–‘के लेखी बक्सेको सरकार ?
–मेरो हत्यारा तिमीहरु हौ................
–मऽऽऽऽ के रे, हामीऽऽऽऽऽ के रे, मतलबऽऽऽऽऽ
–हो, मलाई मार्ने नेपाली हो,
नेपाली मन हो,
नेपाली प्रवृति हो,
नेपाली संस्कार हो,
जुन संस्कारले ‘भीमसेन’ थापा मारिए,
त्यही संस्कारले मलाई मा¥यो,
यस्तो नेपालमा एकपटक होइन,
पटक–पटक भएको छ ।’

बुढाले के–के भन्न थाले–थाले, मैले केही ठम्याउन सकिन । बरु, मनमनले सोंचे–आज शुक्रबार, रातको साँढे बाह्र भइसकेको छ, कतै बुढाले ‘भ्याट–६९’ चिरिप्प लगाएर त बसेका छैनन् ? सोच्न पनि धेरैबेर पाइन, बुढाले लेखेर पठा’को संकेत ‘वान’ (१) भनेर देखियो, च्याटरुममा ।
–‘म मरेपछि नेपालमा के भो ?
–संविधानसभाको चुनाब भयो, सरकार ।
–अनि, नयाँसंविधान आयो त ? –आएन सरकार ।
–किन, कसरी आएन ? –जसरी मौसुफको हत्याराको ‘ठोस’ पहिचान र कारण बाहिर आएन, त्यसैगरी नयाँसंविधान किन, कसरी र कसले गर्दा आउन सकेन ? त्यो बाहिर आएन ।’

बुढाले त्यसपछि एकछिन केही लेखेनन् । मलाई पनि केही लेखिनै हालुँ न त भन्ने आँट आएन । तर, मेरो मनमा प्रश्नको भने सिङ्गै खात बाँकी नै थियो ।


–‘अनि, मेरो श्रीपेज कहाँ छ त ?
–यहाँ त गणतन्त्र आइसक्यो नि ! सरकार ।’ ला ! बर्बाद गरे कि के हो ? खुशी भएर लेखिदिएँ । बुढालाई त ‘गणतन्त्र’ शब्दले रिस पो उठ्छ कि क्या हो ?
–‘हो । श्रीपेच त होला नि ?
–छ, सरकार छ । हामीले श्रीपेचलाई बाक्साभित्र हालेर, भोटे ताल्चा लगाएर सुरक्षित राखेका छौं ।
–किन त्यसरी लुकाको ?
–सरकार, देखाउनु जति देखा’को ‘एटीएम’ फिल्म ‘बढी’ देखायो भनेर विरोध भयो, लुकाउन भनियो । त्यसैले विरोध आउला, हराउला भने लुकाको नि ! मौसुफ ग’को केही वर्षसम्म त ‘प्रोमो’ देखायौं, त्यसपछि विरोध भयो अनि लुकायौं । –हा हा हा हा हा........।’ बुढा हाँसे, के बुझे कुन्नी ?

–‘अनि, मेरो राजगद्दी नि ?
–त्यो त छ सरकार, सबैले देख्नेगरी राख्या छ ।
एकदिन चाँही त्यसमा पत्रकारहरुले हाली मुहाली गरे, लुछाचुँडी गरे ।
त्यसपछि भने त्यसलाई ‘तारबार’ लगाएर ‘जोगाएर’ राखिएको छ ।
–अनि, मेरो अरु कुराहरु ?
–ती सबै प्रदर्शनीमा राख्या छ, सरकार ।
हजुरको घर, पलङ सबै प्रदर्शनीमा राख्या छ ।
हजुर त गज्जबको शानसँग बसिबक्सेको रहेछ नि ! मैले नि हेरें, एकदिन शनिबार ।
सहकर्मी मित्र सुवास सुनुवारसँग मौसुफको घर हेर्न ग’को थिएँ, पैसा लाग्ने रहेछ, १०० रुपैयाँ ।
हामीले त ‘प्रेस पास’ देखाएर समाचार संकलन गर्ने भन्दै फोकटमा छि¥यौं, तर, समाचार भने लेखेनौं ।’

उफ् ! यो लामखुट्टेले पनि कति टोकेको ? निरन्तर किबोर्डमा औंला दाबेको मौका पारेर ४–५ ठाउँमा चुस्न भ्यायो । बिचरा ! लामखुट्टे, मेरो शरीरको रगत चुसेर कुन्नी कतातिर गएर ‘झ्याप’ भएर ढल्यो, होला ! मैले रक्सी नपिएको दिन छैन, अनि मेरो रगतमा नसा नहोला त ? ‘लाऽऽऽ !’ एउटा लामखुट्टेलाई त ठाउँको ठाउँ सिध्याइदिएँ, मेरो गाला टोक्न आउँदो रहेछ ! आफ्नो पनि गाला दुख्यो, आफ्नै थप्पडले ।

–‘अनि, सरकार के गर्दै हुनुहुन्छ, आजभोलि ?
–दीपेन्द्रको बिहे गराईदिने चक्करमा छु ।’ बुढाको यस लाइनले भने म रन्थनिएँ, पुनः मैले दरबार हत्याकाण्ड सम्झिन थालें । त्यही दीपेन्द्रकै बिहे गर्ने चक्करमा त्यत्रो घटना घट्न पुग्यो भनेर ‘फुकिएको’ छ–बाहिर ।

–‘त्यता पनि बिहे हुन्छ र सरकार ?
–किन, यता चाँही वंश–परम्परा धान्नु पर्दैन ?, देउताले पो ‘फु’ गरेर खरानी फुकेर मान्छेको उत्पत्ति गर्थे त....... –मौसुफको परिवारका अन्य सदस्यहरु नि ?
–सबै यतै छन्, सकुशलै छन् ।
–मौसुफ त्यता पनि राजा होइबक्सन्छ कि ?
–हैन, छैन, यता पनि गणतन्त्र आइसक्यो, अहिले म ...................
अनि, सरकार ?
अनि ?
कता पालीबक्सनु भो सरकार ?’ लौ ! बुढा त एक्कासी अफलाइन पो भएछन् । लोडसेडिङ्ग भएछ कि क्या हो ? हो कि नेट ‘डाउन’ भयो ।

–‘ए दाई ! दाइ..... हैन कति सुतेको ?
–को हँ, को आयो फेरि ?
–ल ! कलंकी आइसक्यो, उत्रिनु पर्दैन ?’

आच्या ! कलंकी पो आइसकेछ । उफ् ! कस्तो साह्रो निदाइएछ ? हिजो नेपालगञ्जबाट चढेको नाइट गाडी काठमाडौं आईपुगी सकेछ । बेलुकी खाना खाएपछि सुतेको त निदाको निदाकै भइएछ कि के हो ? लौ ! बसमा त कोही पनि पो रहेनछ त, सबै उत्रिसकेछन् । मैले पनि आफ्नो समान उठाएँ र बसबाट उत्रेर आफ्नो बाटो तताएँ ।

तस्बीरः एजेन्सी ।
Mero Report Link: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:80217

मेरी श्रीमती मरी



त्यसको २ दिनअघि मेरी श्रीमती मरी
जुन दिन संविधानसभा मर्‍यो
हो, श्रीमतीले अन्तिम पटक भनेकी थिई–
संविधानसभा संविधान नबनाई भङ्ग हुन्छ
किन ? मैले सोधिन
श्रीमतीसँगको मेरो अन्तिम कुराकानी त्यही थियो


त्यही दिन मेरी श्रीमती छट्पटिएको अवस्थामा
अस्पताल पुगेकी थिई
जुन दिन एम्बुलेन्स फोडिएका थिए,
पत्रकार चुटिएका थिए
हो, एम्बुलेन्स बाटामा अवरोध भएको थियो
त्यसैले प्रसव ब्यथाले आजित भएर मेरी श्रीमती रोएकी थिई
दोस्रो बच्चाकी आमा बनिसकेकी
मेरी ६० वर्षीय श्रीमती
तेस्रो बच्चा जन्माउँदै नजन्माई मरी

प्रसव बेथाले थलिएर एम्बुलेन्स अवरोध भएको ७ दिनपछि
मेरी श्रीमती मरी
मेरी श्रीमती भुँडीमै बच्चा राखेर मरी
सास्ती गरी–गरी भुँडीमा बच्चा बोकी
र,
जन्माउने बेलामा पुगेर जन्माउँदै नजन्माई मरी

सायद,
अप्रेशन थिएटरमा छिर्नुअघि
उसले आफू बाँच्दिन ठानी छ कि के हो ?
आफ्नो बच्चालाई पेटमै मार्नुपर्ने अवस्थामा पुर्‍याउने
‘संविधानसभा–संविधान’ पनि मरोस् लागेछ कि के हो ?
भनेकी थिई–संविधानसभा संविधान नै नबनाई भङ्ग हुन्छ
अन्तिम कुराकानी पछि अप्रेशन थिएटरमा
छिरेकी मेरी श्रीमती फर्किन, त्यही मरी
हाम्रो बच्चा पनि उसकै भुँडीमा मर्‍यो
जन्मिदै नजन्मिई मर्‍यो
तर, जन्मिने समयमा आएर मर्‍यो

मेरी श्रीमती मरी के दुःखी हुनु ?
मेरा २ वच्चा टुहुरा भए,
तिनीहरुका आमा मरिन् के दुःखी हुनु ?
पुरै ३ करोड नेपालीको आशा मर्‍यो ,
सपना र भविष्य मर्‍यो
को दुःखी हुनु ?

तस्वीरः एजेन्सी ।

यो कविता इन्द्रध्वज क्षेत्रीको स्वरमा सुन्नको लागि: http://soundcloud.com/indra-dhoj-kshetri/ihqhlixxzaia Mero Report link: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:79974

Friday, March 16, 2012

त्यो भ्यालेन्टाइन डे–‘कहिल्यै विर्सन सकिन्न’

‘त्यो भ्यालेन्टाइन डे’को अमिट छाप अध्यावधी ह्रदयमा गढेकै छ, दिमागमा अटेकै छ । वास्तवमा कहिल्यै विर्सन नसकिने भ्यालेन्टाइन डेको रुपमा चित्रित हुन पुग्यो–त्यो भ्यालेन्टाइन डे । हाम्रो सन्दर्भमा पनि त्यही भयो । याद छ, फागुन २ गतेको भ्यालेन्टाइन डे ? किन याद नहोला र ? त्यही दिन के त ! जुन दिन काठमाडौंमा ३२ वर्षपछि हिउँ परेको थियो । हो, अब भने सम्भवतः धेरै कुरा ‘क्लिक’ भयो होला, तपाईहरुको दिमागमा पनि । अनि, धेरै कुरा उद्दीग्न भएर आयो होला, ह्रदयमा पनि ।

दिनभरीको एकनासे झरी, राजधानीमै दूर्लभ रुपमा परेको हिउँ र भ्यालेन्टाइन डेको संयुक्त अवसर–त्यसपछि के ? प्रेमालापको अनुपम दिन सावित भएको २०६३ सालको भ्यालेन्टाइन डेको दिन हामी ३ जना सहकर्मी दाजु अशोक शिवाकोटी, सहकर्मी मित्र योगेन्द्र चौलागाईं र मलाई भने छुट्टै चटारोले गाँजेको थियो । हामी त्यही दिन युनिसेफको क्षेत्रीय कार्यालय, जावलाखेलमा ‘मिटिङ एटेन्ड’ गर्न जाँदै थियौं । अर्थात् भ्यालेन्टाइन डेको दिन हाम्रो मिटिङ तय भएको थियो । त्यसैले छाता बोक्ने बानी नभएका हामी अल्लारेहरु घरैबाट रुझ्दै निस्केर जावलाखेलको चोकमा भेट भएका थियौं । सहरका बाटाघाटा, पसल, चोक, क्याफे पूरै गुलावमय बनेका थिए । सहर पूरै प्रेमिल भएको थियो ।

जावलाखेलको ‘मिटिङ प्वाइन्ट’मा हामी भेट्दा तीनै जनाको अंग–अंगमा झरीले स्पर्श गरिसकेको थियो । हाम्रो शरीरको अंग–अंगलाई पानीले खोजी–खोजी चुम्बन गर्न कुनै कसर बाँकी राखेको थिएन । त्यसैले त हामो ओठै समेत निलो भएको थियो–मुसा चुटिएझैं चुटिएका थियौं, हामी–त्यो प्रेमिल दिनमा । र, लुथ्रुक परेर आवाजमा ‘दम’ लेराउने असफल चेष्टगर्दै युनिसेफको कार्यालय छिरेका थियौं । अनि, केही समयको भलाकुसारी लगत्तै त्यहाँबाट बाहिरिएका थियौं ।

पानीले हामीलाई गिज्जाउन छाडकै थिएन, पानी रोकिएकै थिएन । हामी भने कपडा निचोरेर जमेको पानी फाल्दै ‘हट टी’ पिउन जावलाखेल चोकैको क्याफेमा छिरेका थियौं–जुन क्याफे आजसम्मै त्यहीँ ठाउँमा छँदैछ । र, क्याफेभित्र प्रवेशपछि तीनै जनाले लामो श्वास फेरेका थियौं किनकी केही समयको लागि हामी ‘पानी आतंक’बाट बच्न सफल भएका थियौं । हामीले ‘हट–डे’को ‘कोल्ड–मौसम’मा हट टी अर्डर ग¥यौ र युद्धभूमिमा लडेर, बचेर फर्केका लडाकूझैं उत्तेजित भएर तातो चियोको चुस्की लगाउन थाल्यौं ।

हामी तीनै जनाको ‘मन’ त्यतिखेर पुलकित भयो–जतिखेर हाम्रै अगाडिको टेवलमा कसैको प्रतिक्षामा प्रतिक्षारत एक केटी देखिइन् । त्यसो त हामी एक हिसावले खुशी पनि भयौं–क्याफेमा अन्य आगन्तुक कोही पानीबाट चुटिएका जस्तो देखिएका थिएनन् । अरुहरु सबै ‘साधन’ प्रयोग गरेर पानीको चुटाईबाट बचेका देखिन्थे । तर, त्यो केटी पनि हामी जस्तै पानीले चुटिएकी रहिछिन् । पानीले तिनको पनि अंग–अंग स्पर्श गरेकै रहेछ । र, त सेतो सर्ट र रातो कलरको स्कुले स्कर्टमा सजिएकी तिनको वक्षस्थल ढाक्न पहिरिएको रातो रङ्गको भित्रि कपडा बाहिरैबाट सजिलै देख्न सकिनेगरी टल्किरहेको थियो । त्यतिबेलाको त्यो ‘दूर्लभ दृष्य’को देन पानीकै थियो, निरन्तर बर्सिरहेको झरीकै थियो ।

त्यो माहोलको मादकतामा तब पो रंग आयो–जब एक यूवक हातमा ‘रातो गुलाव’ बोकेर क्याफे आयो र त्यो केटीको टेवलमा गएर बस्यो । केटीकै उमेरको त्यो गोरोवर्णको स्कुलकै ड्रेस पहिरिएको केटोले रातो गुलाव केटीतर्फ बढायो र प्रेम ‘प्रपोज’ ग¥यो । केटीले गुलाव सहर्ष स्वीकारिन् र मुसुक्क मुस्कुराई । माहोल जम्यो–अथवा हामी तीन जनालाई चाँही माहोल जमेको जस्तो लाग्यो । हामीले जाडो कम भएको महशुस ग¥यौं । त्यसपछि त्यो प्रपोज गर्ने केटो त्यहाँबाट निस्कियो तर केटी त्यही बसि–एक्लै । हाम्रो चिया सकिएको थिएन, सकिएको भएपनि हामी त्यहाँबाट निस्किने ‘मुड’मा पुगेकै थिएनौं । त्यसपछि त्यो केटीले केटाले दिएको रातो गुलाव आफ्नो ब्यागमा राखि । एकैछिनमा अर्को एक केटो आयो, त्यही केटीनिर गएर बस्यो । हामी चिया पिउँदै दृश्य अवलोकनगर्दै थियौं । तिनीहरु दुवैजनाले एक अर्काबीच भ्यालेन्टाइन डेको उपहार साटासाट गरे । दुवैले एकअर्कालाई अंकमाल गरे । क्याफेका सबैको नजर त्यो जोडीतिर तन्किएपछि तिनीहरुले केही असहज महशुस गरे र क्याफेको कुनाको टेवलमा सरे । त्यसपछि के गरे ? हामीले नियाल्ने कुरो भएन । चिया सकियो, अनि हामी क्याफेबाट बाहिर निस्कियौं ।

राजधानीका अन्य स्थानझैं त्यसबखत जावलाखेलमा पनि दिउँसै हिउँ फुसफुसाउन थाल्यो । मन तरंगित भो तर शरीर थिलथिलो भइसकेको थियो–चिसोले । मुखबाट बुङ्ग चुरोटको धुवाँभित्र तानेर बाहिर मूस्लो फालेझैं चिसोको मूस्लो निस्किनेक्रम अझ बढी तेजहुँदै जाँदै थियो । पानी त अझै रोकिएकै थिएन । हिउँका वर्षाइले चंगा भएका हाम्रा मन हिमपातसँग प्रेमालाप गर्न आतुर थियो । तर, हाम्रो चटारो अझै सकिएको थिएन । वास्तवमै हामी एक्लै थियौं–प्रेम, प्रणय र मनको इच्छालाई तिरस्कार गरेर हामी आफ्नो ‘डेट’लाई उपयोग गर्न लागि प¥यौं । एकनासले परिरहेको झरीमा रुझ्दै फुसफुसाई रहेको हिउँको मीठो दृश्यलाई मनमस्तिकष्मा कैद गरेर हामी दोस्रो ‘डेट’का लागि समाजकल्याण परिषद, लैनचौर लम्किएका थियौं ।

समाजकल्याण परिषदको परिसरबाट बाहिर निस्किदा झरी रोकिएको थियो । नजिकैका डाँडाहरु पूरै हिउँले सेताम्मे भएका देखिन्थे । घाम मन्द–मन्द लागेको थियो । मौसम पूरै खुलेको थियो । मानौं–चीर प्रेमालापमा मदमस्त प्रणय जोडी आफ्नो प्रणय रातको पहिलो सुखानुभूतिपछि यौवनले खुलेका चहकिलो अनुसार लिएर गर्वकासाथ प्रस्तुत भइरहेझैं भएको थियो–प्रकृति । प्रकृतिको त्यो मादक रुपले ‘होटलको कुनामा बस्ने’ त्यो मादक जोडीलाई जस्तै हामीलाई पनि उन्मुक्त, उत्तेजित र लट्ठ बनाइरह्यो । त्यसैले त यस भ्यालेन्टाइन डेको अवसरमा हामीले त्यस दिनलाई नसम्झि रहन सकेनौं । प्रणय दिवशको शुभकामना !


Thursday, March 15, 2012

‘सिम्पल–सिम्पल कान्छी..’ गायिका माण्डवी त्रिपाठीसँग छोटो–मीठो

चलचित्र अन्दाजको अत्यधिक चलेको गीत ‘सिम्पल–सिम्पल कान्छीको डिम्पलपर्ने गाला....’ की गायिका हुन्–माण्डवी त्रिपाठी । गायक दीपक लिम्बूसँग गाएको उक्त संयुक्त गीतले माण्डवीलाई थप चर्चित बनाइदियो । तर, नेपाली साँगीतिक फाँटमा माण्डवी त्रिपाठी नयाँ नाम भने होइन ।

लोक, लोकपप, आधुनिक, तीज र फिल्मकागरी करिब १५ सय गीतमा आवाज दिइसकेकी यी गायिकाको पहिलो आधुनिक एकल एल्बम बजारमा आउने तरखरमा छ । एक साँगीतिक कार्यक्रमको सिलसिलामा भेटिएकी यिनै ‘सिम्पल–गायिका’ माण्डवीसँग शिव अधिकारीले गरेको छोटो–मीठो कुराकानीः

अहिले केमा व्यस्त ?

– प्रोग्रामहरु, महोत्सवहरु भै’राछ, प्लस फिल्मको प्लेब्याक सिंगिङहरु हुँदैछ ।

साँगीतिक फाँटमा आगमन कसरी भयो ?

– मेरो घर लमजुङ सुन्दरबजार हो । घरमा हजुरबुबा, बुबा, दिदीहरु सबैजना गीत गाउनु हुन्थ्यो । त्यहीबेलादेखि स्कुलमा गाउँदा–गाउँदै यसक्षेत्रपट्टी इन्ट्रेस्ट बढ्यो ।

जन्ममिति भन्न मिल्छ ?

– जन्ममिति नभनौं होला...हा..हा...

कतिजति गीत गाउनु भो ?

– मेरो आधुनिक सोलो एल्बम निस्केको छैन । तीजको एल्बमहरुको कुरा छुट्टै भयो । गीत १५ सय जति गाएको छु ।

सोलो एल्बम निस्किदै छ ?

– हजुर, अब छिट्टै माण्डवी नामक सोलो आधुनिक एल्बम बजारमा आउँदै छ ।

कहिलेसम्म आउँछ ?

– यो लोडसेडिङ्गले गर्दा रोकिरहेको छ किनभने टेलिभिजनहरुमा प्रोमो दिनुपर्छ, कसैले हेर्न पाउनु भएन भने अर्थ छैन ।

संगीत केका लागि ?

– पहिले चाँही मान्छेले चिन्ने हुँदा आत्मसन्तुष्टी जस्तो मात्रै लाग्थ्यो । तर, अहिले चाँही नढाँटी भन्नुपर्दा प्रोफेसन भइसकेपछि, बढी आत्मसन्तुष्टी हो, त्यसपछि पैसाको लागि हो ।

संगीतमा लागेर कति पैसा कमाउनु भो ?

– मलाई खानको दुःख भा’छैन...हा....हा....

कुन–कुन देश घुम्नु भो ?

– धेरै देश घुम्न त पा’को छैन । सायद छिट्टै घुम्छु होला । अहिलेसम्म हङकङ, कतार, कोरिया आदि ।

मनपर्ने नेपाली गायक–गायिका ?

– गायिकामा अन्जु पन्त, मेरो सहकर्मी पनि हो । अनि, चलिरहेकोमा भन्नु भो, हैन ? शिव परियार, स्वरुपराज, सत्यराज आचार्य मनपर्छ ।

मनपर्ने नेपाली नेता ?

– को भनौं खोई.........

मनपर्ने नेपाली पुरुष ?

– राजेश हमाल ।

विवाहित कि अविवाहित ?

– विवाहित ।

प्रपोज कत्तिको आउँछ ?

– प्रपोज आउँछ, प्रपोज आउनु त ठूलो कुरै भएन ।

अपोजिट सेक्सको के कुराले आकर्षित गर्छ ?

– त्यस्तो खासै के भन्ने लाग्दैन । एउटा पर्सनालिटी, मान्छे एउटा सभ्य–सौम्य हुन्छ नि, त्यस्तैले ।

वाइन कत्तिको पिउनु हुन्छ ?

– म पिउँदिन ।

पकाउन जानेको परिकार ?

– म पकाउन एकदमै कमाजोर थिएँ तर अहिले विस्तारै–विस्तारै बनाउँछु । विशेष छैन, मेरो ।

साँगीतिक लक्ष्य ?

– पहिलाको लक्ष्य एउटा सिंगर बन्ने थियो । देशभरीको मान्छेले मलाई चिनुन्, सञ्चारमाध्यममा मेरो नाम आओस जस्तो लाग्थ्यो, त्यो भयो । अब भने यही कुरालाई अझै बढाउने मात्रै हो ।

जीवन के हो ?

– लक्ष्यप्रतिको संर्घष जस्तो लाग्छ । असिमित इच्छाहरु बढ्दै–बढ्दै जान्छ । त्यहीप्रति जीवन दौडिरहेको हुन्छ ।


पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठसँग छोटो–मीठो

‘जीवन एउटा कथा हो–हामी त्यसका कलम’

सदीक्षा श्रेष्ठको परिचय नै पूर्व मिस नेपालको रुपमा काफी छ । सन् २०१० मा सम्पन्न मिस नेपालको उपाधी चुम्न सफल सदीक्षा त्यस पश्चात भने औपचारिक रुपमा कुनै क्षेत्रमा आबद्ध भएकी छैनन् । के गर्दै छिन् त सदीक्षा ?, उनको आगामी योजना के छ ? यही विषयमा अनिल महर्जनको सहयोगमा शिव अधिकारीले गरेको छोटो–मीठो टेलिफोन संवाद ।

अहिले के गर्दै हुनुहुन्छ ?

– बिबिएस फस्ट इयरको एक्जामको तयारी गर्दैछु ।

मिस नेपालपछि के–के मा आबद्ध हुनु भो ?

– पढाईमा मात्रै लागिरहेको छु । केही संघसंस्थाले सद्भावना राजदूतका लागि अफर गरिरहेका छन् । तर, म गइसकेकी छैन । पहिला त्यस संघसंस्थाको बारेमा राम्ररी बुझ्न चाहन्छु ।

फिल्म/म्यूजिक भिडियोमा खेल्ने सोचाई छ कि छैन ?

अहिलेसम्म खेलेकी छैन, राम्रो अनुहार मात्रै भएर फिल्म खेल्नलाई पुग्दैन । नसिकी–अभिनय नजानी फिल्मी क्षेत्रमा लाग्नु हुँदैन । डिग्री सकिएपछि राम्रो अर्पच्यूनिटी आएछ भने सोचौला तर त्यतिखेर पनि अभिनय नसिकीकन भने फिल्मी क्षेत्रमा आउँदिन ।

ठ्याक्कै कतिवर्षको हुनु भो ?

– २० वर्ष ।

कसैसँग अफएयर छ कि ?

– छैन ।

प्रपोज कत्तिको आए, आउँछन् ?

– स्कुलमा पढ्दा अलिअलि आए । मिस नेपाल भएपछि आएको छैन । मान्छे मेरो नजिक आउनै हिच्कीचाउँछन् ।

सेक्स अनुभव छ कि छैन ?
– छैन ।

ब्लूफिल्म हेर्नुभएको छ ?

– कृपया यस्तो प्रश्न नगर्नुहोला ।

विवाह कहिले गर्ने ?

– त्यसबारेमा सोच्नको लागि धेरै समय छ । अहिले त भर्खर पढ्दै छु ।

तपाईलाई सुन्दर लाग्ने नेपाली पुरुष ?

– मेरो बाबा ।

जीवन के हो ?

– जीवन एउटा कथा जस्तो हो । हामी त्यसका कलम हौं । हामीले जस्तो कथा लेख्छौं, जीवन त्यस्तै हुन्छ ।

तपाईको अगाडिको लक्ष्य ?

– एउटै लक्ष्य राख्दा लक्ष्यमा पुग्न पनि सकिन्छ, नपुग्न पनि सकिन्छ । यदी लक्ष्यमा पुगिएन भने अप्ठ्यारो हुन सक्छ । त्यसैले जीवनमा आइपरेका अवसरहरुलाई सदुपयोग गर्दै अघि बढ्नुपर्छ ।


Tuesday, March 13, 2012

सहिद, भिजिलान्ते सहिद र उच्छृङ्खल सहिद

“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए”

प्रयोगवादी कवि भूपी शेरचनले राष्ट्रका लागि आहुति दिने सच्चा देशभक्त विरङ्गनाप्रति सिर्जना गरेका सुन्दर अनुप्रासयुक्त शब्दावली हुन्, यी । राष्ट्र, राष्ट्रियता र अग्रगमनका लागि हाँसी–हाँसी फाँसी स्वीकार्ने वास्तविक नेपाली सन्तान सदैव उँचो छन्, आदरणीय र अनुकरणीय छन् । नसा–नसामा राष्ट्रप्रेमको भाव जागृतगरी आफ्नो बलिदानी समेतलाई आत्मसाथ गर्ने वीर सहिद अमर छन्, अमर हुनेछन् र चीरकाल अमर रहने छन् ।

हरेकवर्ष झैं यसवर्ष पनि ‘सहिद सप्ताह’ धुमधामका साथ मनाइदै छ । परिवर्तनका लागि लडेका ४ सहिद (ज्ञात, अज्ञातका कुरा नगरौं)का नाममा राष्ट्रले प्रत्येकवर्ष सहिद सप्ताह मनाउँदै आएको छ र तिनै ४ वीर सहिदका सालिकमा पुष्पगुच्छा माल्यार्पण गर्दै आएको छ । सहिदलाई सम्मान गर्नु नराम्रो पक्कै होइन, गर्नेपर्छ । तर, हरेकवर्षको एकपटक आफ्नो सालिकमा पुष्पगुच्छाको खात ओड्नकै लागि मात्रै उनीहरुले आफूलाई बली चढाएका हुन् त ? होइनन्, परिवर्तन र अग्रगमनका लागि चितामा होमिएका सहिदहरुको पदचापलाई पछ्याउन नसक्ने ‘स्वार्थी’ हामीले सालिकमा पुष्पगुच्छा अर्पण गर्ने हैसियतसम्म गुमाई सकेका छौं । उनीहरुको आदर्श, मूल्य–मान्यता र सपनाहरुलाई ब्यवस्थित र संस्थागत गरेर नयाँनेपाल निर्माण गर्न नसक्ने ‘चुतिया’हरुले पुष्पगुच्छा अर्पण गरेर वीर सहिदको सालिकलाई किन ‘बिटुलो’ बनाउने ?

अब त सहिदको संख्या पनि अनगिन्ती भईसकेको छ । हामीले त्यही ४ वीर सहिद भन्दा अरु त चिन्दै चिन्दैनौ, जसरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जम्बो मन्त्रिमण्डलका आफ्ना सबै मन्त्रीहरु चिन्दैनन् । पहिला–पहिला सर्वसाधारणले राष्ट्रका लागि मर्नेहरुलाई सम्मानित दर्जा दिएर सहिद भन्थे र उनीहरुलाई राष्ट्रको सपुत मानिन्थ्यो । तब त माथीका हरफहरु जस्ता सुन्दर पदावलीहरुको सिर्जना हुन्थ्यो । र, उनीहरुको मृत्युमा सारा नेपाल–नेपालीको कणकणमा राष्ट्रियता घनिभूत भएर संचार हुन्थ्यो । उनीहरु राजनीति गर्थेनन् तर राष्ट्रियताको वकालत गर्थ । अहिलेका राज्यसत्तालाई डो¥याउनेहरु राष्ट्रियताको पक्षमा काम गर्दैनन् खाली स्वार्थको राजनीति मात्रै गर्छन् । तव त सर्वसाधारण वाक्क–दिक्क बनेका छन् र पंक्तिकारले लेखेको अर्को एक लेखमा एक सर्वसाधारण यसरी आफ्नो ‘कमेन्ट’ प्रस्तुत गर्छन्–“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक ६०१ (कपुत सभासद) मरेर नगए ।”

हो, अब सहिदलाई पनि बर्गीकरण गर्नुपर्ने बेला आइसकेको छ । कस्तो नेपालीको दूभाग्य ? ‘सहिद’ शब्दमा जति ‘दम’ छ, सहिद बनाई टोपलिएकाहरुमा त्यो दम नभएपछि सहिदको बर्गीकरण हुनु टड्कारो खाँचो छ । (यदी यो कुरा पंक्तिकारको ग्रसित मनोग्रन्थीका कारण उब्जिएका बेवारिसे शब्द मात्रै ठान्नुहुन्छ भने पनि ‘नो कमेन्ट’) हो, सहिदलाई पो सहिद भन्न सकिन्छ भन्या ! ‘जर्वजस्ती विरोध–अवरोध र धम्की लादेर पेस्तोल देखाई तमसुकमा औंठाछाप गर्न लगाए’ जसरी सहिद बनाइएकाहरुलाई एउटा आमनागरिकले कसरी सहिद भन्ने ?

एकमित्रले एकदिन सामाजिक संजाल ट्वीटरमा अब नेपाली शब्दकोषमा रहेको सहिद भन्ने शब्दको अर्थमा पुनरावलोकन गर्नुपर्छ भनेर ट्वीट गर्नुभएको थियो । त्यस्तै अर्को एकमित्रले एक भेटघाटमा अब त स्कुल÷कलेज पढ्ने विद्यार्थीले कम्तिामा १० नम्बर गुमाउने भए भनेर ठट्टा गर्नुभयो । कारण सोध्दा उहाँको जवाफ यस्तो थियो–“फाइनल एक्जाममा–नेपालका सहिदहरु को–को हुन्, उनीहरुका योगदानका बारेमा विवेचना गर्नुहोस् । भनेर प्रश्न सोधियो भने, विचारा परीक्षा दिने विद्यार्थीहरुले कताबाट ती सम्पूर्ण सहिदहरुको नाम जान्नु ? बरु, हाम्रै पालामा ठिक्क थियो, ४ वीर सहिदका बारेमा मज्जाले लेखिन्थ्यो–योगदान र घटनाक्रम । अहिलेका सहिदका नाम कसरी जान्नु, यदी जानीहाले पनि योगदान के लेख्नु ? त्यसैले हो, यहाँ सहिदको अर्थ खोतल्ने प्रयत्न गरिएको ।

सहिद–

ती ४ सहिद जसको चर्चा जति गरे पनि कम छ । माथी पनि गरिइसकेको छ । हो, उनीहरु वास्तविक सहिद, सच्चा सहिद । राष्ट्रका लागि अमूल्य योगदान दिने राष्ट्रका सहिद । यही खण्डमा पहिलो र दोस्रो जनआन्दोलनमा सहिद भएकाहरुलाई पनि राख्न सकिने पंक्तिकारको ठम्याई छ । उनीहरुको योगदान पनि राष्ट्रकै लागि थियो, परिवर्तनकै पक्षमा थियो ।

भिजिलान्ते सहिद–

यस्ता सहिद जो विभिन्न राजनैतिक दलको प्रत्यक्ष खोल ओडेर विभिन्न राजनैतिक आन्दोलनमा सहभागी भए । जुन आन्दोलनको उद्देश्य राष्ट्र परिवर्तन थिएन, एउटा निश्चित दलको स्वार्थपूर्तिमात्रै थियो । अर्थात् यस्ता सहिद जो त्यस्ता आन्दोलनमा ‘रमिते’ बनेर छेउछाउमा उभिएका हुन्थे, त्यहीबेलामा धरपकड वा अन्य वहानमा उनीहरुको ज्यान गयो । उनीहरुको कुनै प्रत्यक्ष योगदान राष्ट्रको लागि रहेन, जसलाई सहिद बनाइरहनु जरुरी थिएन कि ! (तर, उनीहरुको बाँच्न पाउने मानवअधिकार खोसिएको र अनाहकमा ज्यान गुमाएकोप्रति भने पंक्तिकार दुःख व्यक्त गर्दछ ।) यहाँ भन्न खोजिएको के हो भने जो यहाँ भने जसरी मरे, त्यो हुनु हुन्न थियो । कसैको ज्यान जानु, लिनु र बाँच्न पाउने अधिकार कुनै कारण खोसिनु हुँदैन । यदी त्यस्तो हुन पुगेमा उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ । तर, त्यो क्षतिपूर्तिको नाम ‘सहिद’ चाँही हुँदै होइन । हो, जो त्यस्ता घटनामा परेर सहिद भए, उनीहरुको योगदान पनि त राष्ट्रप्रति भएन कि ! हो, त्यही कारण भिजिलान्ते सहिद, जसलाई नचाहँदा–नचाहँदै राष्ट्रकै सहिद बनाउनु प¥यो ।

उच्छृङ्खल सहिद–

माथी पनि भनिइसकेको छ–कसैको पनि अनाहकमा ज्यान जानु ठिक होइन । उच्छृङ्खल सहिद यस्तो सहिद, जो कतै नीजिस्वार्थको दौरान मृत्युवरण गर्न पुग्छ । यस्तो सहिद जो दुर्घटनामा मारिन्छ अथवा यस्तो सहिद जसलाई मर्ने र मर्नेका परिवारले भन्दा पनि कुनै ‘गोप्य शक्ति’ले सहिद बनाउन दबाब दिन्छ र त्यो व्यक्ति सहिद बन्छ । यसमा यस्ता सहिद पनि पर्छन्, जो राजनैतिक दलका चुरौटे–भरौटे अथवा व्यक्तिगत रिसमा हत्या भएका, प्रेममा किचलोपरी ज्यान गुमाएका आदि । जसको राष्ट्रिय योगदान केही छैन, सहिद हुन लायकको केही कार्य पनि गरेका छैनन् । जसलाई राजमार्ग बन्दगरी, आन्दोलन, तोडफोड, आगजनी जस्ता उच्छृङ्खल कार्यगरी जर्वजस्ती सहिद बनाउन दबाब दिइएको छ र सहिद बनाइएको छ ।

यस्ता फरक विषय र प्रसंगमा मृत्यु भएकाहरु पनि सहिद भएका छन्, हाम्रो मुलुकमा । जुन कुरा सबैलाई जानकारी छ । पंक्तिकारले त्यही सबैले देखेको भोगेको र चित्त दुखाएको विषयलाई उठान गर्ने प्रयत्न मात्र गरेको हो । यदी यस लेखले कसैलाई चोट पु¥याएको छ भने पंक्तिकार माफी चाहन्छ । यो एउटा यर्थाथको व्यङ्ग मात्रै हो, त्यो भन्दा ठूलो अभिष्ट पंक्तिकारको छैन । पंक्तिकारको एउटै अभिष्ट भनेको के हो भने ‘जथाभावी हुत्तिएका फोहोर–मैला’लाई उठाएर सहिद बनाउने काम बन्द होस् ।

भत्किदैछ–‘गुरुकुल’, के भन्छन्–सुनिल पोखरेल ?

खराब मान्छेहरु नमरुन्जेलसम्म केही पनि हुँदैन ।’

“नाटक राम्रो लागे अरुलाई गएर भन्नुहोस्
नराम्रो लागे हामीलाई आएर भनिदिनुहोस् ।”

अब उप्रान्त पुरानोबानेश्वरस्थित आरोहण गुरुकुलको रिमाल र सम नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलले सदैव नाटक मञ्चन अघि बोल्ने माथीको संवाद सुनिने छैन । न त सुनिल पोखरेलका चेलाहरुको नै उक्त संवाद रिमाल र सम नाटक घरमा सुनिने छ । कारण, यतिबेला पुरानोबानेश्वरमा रहेको गुरुकुलको भवन धमाधम भत्किदै छ । हो, पंक्तिकार आइतबार (माघ १ गते) गुरुकुलको हातामा पुग्दा गुरुकुलका भौतिक संरचनाहरु धमाधम भत्काइदै थियो र नाट्यकर्मी सुनिल पोखरेल आफ्ना सहयोगीका साथमा गुरुकुल परिसरमै भलाकुसारी गरिरहेका थिए ।

वि.सं. २०३८ सालमा स्थापना भएको आरोहण नाट्य संस्थालाई निरन्तर हाँक्दै र डो¥याउँदै नाट्यकर्मी सुनिल पोखरेल लगायतको टिमले आजभन्दा झण्डै १० वर्षअघि आरोहण गुरुकुलको स्थापना गरेका थिए र नाट्कर्मी सुनिल पोखरेल गुरुकुलका ‘कुलगुरु’ बनेका थिए । यस अवधीमा गुरुकुलले थुप्रै शिष्य जन्माइ सकेको छ भने कयौं नाटक मञ्चन गरिसकेको छ । नाटक विधालाई सम्मानित दर्जा दिन र प्रविधिको उच्च विकासको युगमा पनि आमसर्वसाधारणलाई नाटक हेर्न हलसम्म तान्ने क्षमताको हैसियत बृद्धि गर्नमा गुरुकुलको अहं भूमिका रहेको कुरामा कसैको दुईमत छैन । तर, अब के ?

यसै मेसोमा भत्काइदै गरेको गुरुकुलको प्राङ्गणमा गुरुकुलको अबको योजना, गुरुकुलको इतिहास र वर्तमान स्थितिको बारेमा कुलगुरु तथा नाट्यकर्मी सुनिल पोखरेलसँग शिव अधिकारीले गरेको कुराकानीको अंशः

कति भयो, यस स्थानमा गुरुकुल बसेको ?
– साँढे नौ, १० वर्ष ।

यहाँ नाटकको प्रशिक्षण दिइन्थो, कति जति विद्यार्थी उत्पादन गर्नुभयो ?
– पूरा कोर्ष (जुन २ वर्षको हुन्छ) गर्ने २ दर्जन जतिको हाराहारीमा र छोटो समयको कोर्ष गर्ने १५ सयको हाराहारीमा ।

गुरुकुलमा कति नाटक मञ्चन गर्नुभयो ?
– ३६ वटा नियमित नाटक मञ्चन भए । त्यसबाहेक ४ वटा अन्तर्राष्ट्रिय नाटक महोत्सव र एउटा राष्ट्रिय नाटक महोत्सव भयो ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवमा कति र कुन–कुन राष्ट्रको सहभागिता रह्यो ?
– सबै कुरा त मलाई याद छैन । सन् २०१० मा भएको पछिल्लो नाटक महोत्सवमा यूरोप, एसिया लगायतका २१ देशको सहभागिता रहेको थियो ।

यो स्थानबाट गुरुकुल हटाउन, भत्काउन खोजेको कसले ?
– जग्गाधनीले, यो प्राइभेट प्रोपर्टी हो ।

यहाँ कतिवर्षे सम्झौता थियो, गुरुकुलको ?
– सुरुमा जम्मा ३ वर्षको थियो । त्यसपछि हामीले सम्झौता बढाउँदै लगेका थियौं ।

केही समय अघि नै गुरुकुल हट्दैछ भन्ने हल्ला चलेको थियो नि ?
– यो २ वर्ष अघिको कुरा हो, त्यतिबेला पनि समय सकिएको थियो तर त्यतिखेर हामी समय बढाउन सफल भएका थियौं ।

गुरुकुलको लागि पशुपति विकास कोषले जग्गा दिंदैछ भन्ने हल्ला साँचो हो ?
– होइन, पशुपति विकास कोषले त्यहाँ सुशील नाहटा हुन्जेल जग्गा दिंदैन । पशुपति विकास कोषबाट केही पनि हुँदैन किनभने बडा खराब मान्छेहरु त्यहाँ छन् । खराब मान्छेहरु नमरुन्जेलसम्म केही पनि हुँदैन ।

त्यसो भए हल्ला के हो त ?
– हामीले जग्गा/स्थान मागेको नेपाल सरकारसँग हो । पशुपति विकास कोष भन्दा ठूलो संस्थासँग मागेका हौं ।

अब गुरुकुल कहाँ बन्छ अथवा के छ योजना ?
– नेपाल सरकारले जहाँ जग्गा दिन्छ, हामी त्यहीँ बनाउँछौं । समाजकल्याण मन्त्रालयसँग कुरा भइरहेको छ, प्रोसेस चलिरहेको छ, हेरौं ।

दर्शक, शुभचिन्तकहरुबाट केही आश्वासन आएको छ कि ?
– छ, कुरो भर्खरै सुरु हुँदैछ । के हुन्छ !

यस स्थान छोड्नुपर्दा कस्तो अनुभव गरिरहनु भएको छ ?
– म सकारात्मक छु । यात्रा भनेको निरन्तर हुन्छ । एउटा ठाउँ बन्द गर्नु भनेको अर्को ठाउँ सुरु हुनु हो । म त्यसरी हेर्छु ।

गुरुकुलको इतिहासमा तपाईले प्राप्त गरेको उपलब्धी के हो ?
– यहाँ आउने दर्शकहरुको माया ।

कसैसँग केही गुनासो अथवा भन्न मन लागेका मनका कुरा केही छन् कि ?
– छैन, त्यस्तो केही छैन ।

राष्ट्र, प्रेम र त्यागको नाटक–स्वप्नवासवदत्ता

एउटा राज्य (कौशाम्वी), जुन सैनिक र शक्तिका हिसावले जीर्ण बनेको छ । अर्को राज्यसँग एक निमेश पनि लड्न सक्ने तागत राख्दैन । जुन राज्यको केही भाग ‘आरुणि’ नामको शत्रुले युद्धमा छिनेर लियो र विस्तारै पूरै राज्यमाथी धावा बोल्न थाल्यो । त्यसपछि जीर्ण राज्यका दुईमन्त्री (रुमण्वान र यौगन्धरायण)ले एउटा षड्यन्त्र गरे । मन्त्रीको षड्यन्त्रलाई रानी (वासवदत्ता)ले पनि साथ दिइन् ।

राजा (उदयन)लाई शिकारमा ठूलो रुची थियो, त्यही बाहना बनाएर दुईमन्त्रीले राजपरिवारका सबै सदस्यहरुलाई एउटा जंगलमा शिकारका लागि लिएर गए र जंगलमा एक शिविर बनाए । राजा शिकार खेल्न गएको मौका छोपी शिविरमा आगो लगाइयो र रानी (वासवदत्ता) र दुई मध्ये एक मन्त्री (यौगन्धरायण) जलेर मरेको झुठ्ठा कहानी बनाइयो

जलेर मरेका भनिएका मन्त्रीले जोगीको छद्म भेषमा रानीलाई आफ्नो बहिनी बनाई अर्को राज्य (मगध राज्यको राजधानी राजगृह)मा लिएर गए । अर्को राज्यको राजकुमारी (पद्मावती)लाई ‘यिनको पति विदेश गएका छन्, केही समयका लागि सुरक्षागरी सेवकका रुपमा राखिदिनु प¥यो’ भनी आग्रह गरे । राजकुमारी पद्मावतीले जोगीको अनुनय सहर्ष स्वीकारिन् ।

रानी जलेर मरेको सुनेर राजा खुब रोए । राजालाई मन्त्रीले सहर (कौशम्वी) फर्काए । मन्त्रीले अर्को राज्यकी राजकुमारी (पद्मावती)सँग विवाह गर्न राजालाई राजी बनाए । त्यसको लागि रानी (जो अर्को राज्यमा त्यही विवाह हुन लागेकी राजकुमारीकोमा सेवक भएर बसेकी छिन्)ले समेत सहयोग गरिन् । विवाह भयो, विवाहपछि दुई राज्य (कौशम्वी र राजगृह) एक भएर शत्रु (आरुणि)सँग लडे र युद्धमा परास्तगरी आफ्नो राज्य सुरक्षित गरे । नाटकको अन्त्यमा रानी र मन्त्री जीवित भएको रहस्य राजा र राजकुमारी समक्ष खोलियो, भेट गराइयो र सबै घटना राज्य बचाउन प्रपञ्च रचेको बताइयो र नाटकलाई टुंग्याइयो ।

शुक्रबार साँस्कृतिक संघ (नाँचघर) जमलमा मञ्चित नाटक स्वप्नवासवदत्ताको कथांश हो, यो । आजभन्दा करिब २७०० वर्ष पहिले ‘भास’ले संस्कृतमा लेखेको यस नाटकलाई नेपालीमा रुपान्तरणगरी मञ्चन गरिएको हो । नाटकमा मूख्यपात्र (रानी)ले आफ्नो राज्यको लागि ठूलो त्याग गरेकी कथा प्रस्तुत गरिएको छ । रानीले राज्यरक्षाको लागि आफ्नै श्रीमान्उपर सौता हाल्न आफू मरेको जस्तो नाटक गरेकी छिन् र छ्दमभेषमा आफ्नै सौताको सेवक बन्न पुगेकी छिन् । नाटकले राज्य (राष्ट्र)का निम्ति जस्तोसुकै त्याग गर्न तत्पर रहनुपर्ने सन्देश दिएको छ ।

नाटककार भासको यस नाटकमा प्रेम, राजनीति र रोमाञ्चकताको त्रिवेणी छ । ६ अंकमा रचित नाटक स्वप्नवासवदत्ता सुखान्त नाटक हो । अभिनयका दृष्टिले संस्कृतका अन्य नाटकको तुलनामा यस नाटकलाई आयोजकले सर्वश्रेष्ठ भनेका छन् । गद्य संस्कृतबाट गद्य नेपालीमा रुपान्तरित यस नाटकमा सरल भाषाको प्रयोग गरिएको छ । नाटकको मूलकथामा पनि सरल भाषा नै भएको आयोजकको दावी छ ।

कथाका दृष्टिकोणले उत्कृष्ट नाटक स्वप्नवासवदत्ता मञ्चमा उत्रिदा भने उति खरो सावित हुन सकेको छैन । नाटकलाई वर्तमान परिवेशमा राष्ट्रका लागि त्याग गर्नुपर्ने संकेतको रुपमा आग्रह गरिएको प्रष्ट हुन्छ । नाटकको जडलाई सुरुमा ‘गोप्य’ राख्न खोजे पनि आमदर्शकले त्यसको रहस्य बुझिसकेका हुन्छन् । नाटकमा निर्देशक प्रभाकरदेव शर्माको कमजोरी यहीँनिर देखिएको छ । त्यसपछि चरित्र अनुसारको पात्र चयनमा पनि निर्देशकले उतिसाह्रो मिहिनेत गरेको ठहरिदैन ।

नाटक कथामा कलात्मक छ तर मञ्चमा त्यो देख्न पाइदैन । पात्रहरुको संवाद बोल्ने शैलीमा ‘दम’ छैन । नाटक प्रस्तुतिकरणमा पनि एकदमै फितलो छ । तथापी, कोरियोग्राफी, ध्वनी, श्रृङ्गार र भेषभुषा भने तारिफयोग्य नै छ । नाटक हतार–हतारमा तयार गरेर फुर्सदमा मञ्चन गरिए जस्तो देखिन्छ । कलाकारहरुलाई माइक र मञ्चको ज्ञान नै नभए जस्तो लाग्छ । तर, नाटकमा भने यसअघि नै स्थापित ‘प्रोफेसनल’ कलाकारहरुको जमघट छ । नाटकमा करिब डेढदर्जन कलाकारहरुको उपस्थिति छ भने नाटक पनि करिब डेढ घण्टाकै छ । साँस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक स्वप्नवासवदत्तालाई रत्नराज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक घनेन्द्र पोखरेलले नेपालीमा अनुवाद गरेका छन् ।

शालिकले के गर्‍यो, सरकार ?

सहिदगेटमा चार सहिदसँगै रहेको पूर्वराजा त्रिभुवनको शालिकले सरकारलाई के गर्‍यो ? कसैलाई पत्तो छैन । एक्कासी मन्त्रिपरिषदको निर्णया आयो–राजा त्रिभुवनको शालिक हटाउने । तर, किन ? जवाफ यस्तो छ– ‘परिवर्तित राजनैतिक व्यबस्थामा निरंकुश राजतन्त्रको प्रतिक मानिने पूर्वराजाको शालिक सम्मानित सहिदसँग हुनु न्यायोचित भएन ।’ यो तिनै प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रिमण्डलको निर्णय हो, जुन प्रधानमन्त्रीको भूमिगतकालमा तत्कालीन संसदीय ब्यवस्थाको हिमायती नेपाली कांग्रेस नेतृत्वको सरकारले ‘टाउकाको मोल’ तोकेको थियो । टाउकाको मोल तोकेको व्यक्ति प्रधानमन्त्री हुन मिल्ने तर आफ्नो शासनकालमा राष्ट्रलाई महत्वपूर्ण योगदान गरेका पूर्वराजाको शालिक भत्काउँदै, हटाउँदै गर्नुपर्ने किन ?


हो, देशमा राजनैतिक परिवर्तनहरु भइरहन्छन्, शासनपद्दतिहरु फेरिइरहन्छन् । यो सामाजिक रुपान्तरणको एउटा पाटो पनि हो । देशलाई जतिखेर जस्तो व्यबस्थाको खाँचो पर्छ, देशको दिशा त्यतैतिर मोडिन्छ । देशको शासनव्यवस्थामा फरक आउने वितिक्कै पूरानो शासनव्यवस्थाका कला, संस्कृति, धरोहरको विनास गर्नु के न्यायसंगत हो ? परिवर्तनको नाममा भौतिक संरचना तोडफोड गर्नु, एकठाउँबाट अर्को ठाउँमा सार्नु उचित हो ? इतिहासलाई निमिट्यान्न पारेर हामी कुन नौलो परिवर्तनको अनुभूति गर्न गइरहेका छौं, सरकार ?


इतिहासलाई पुस्ताहस्तान्तरण गर्नुपर्छ, तबमात्र इतिहास जीवित बन्छ । विदेशमा ऐतिहासिक धरोहरहरुलाई पुस्तौंपुस्तासम्म जीवित राखिन्छ । नेपालमै पनि मल्लकालीन, लिच्छवीकालीन कला, संस्कृति र धरोहरहरु आजसम्मै जीवित छन् । नेपाल एकीकरणगरी पूर्वराजा पृथ्वीनारायण शाहले मल्लकालीन शासनको अन्त्य गरे र शाहवंशीय शासनपद्दति बसाले तर के मल्लकालीन संरचना ध्वस्त पार्दै हिड्ने काम गरे र ? अवश्य गरेनन् र त ति कला, संस्कृति र धरोहरहरु आज हामीले देख्न पाएका छौं । त्यही ऐतिहासिक धरोहरहरुका कारण नेपालको परिचय कला, संस्कृति र सम्पदाले भरिपूर्ण देशको रुपमा विश्वमाझ स्थापित बनेको छ ।


लामो समयदेखि त्यसक्षेत्र (सहिदगेट)मा रहेको पूर्वराजा त्रिभुवनसहितको शालिकले इन्जिनियर प्रधानमन्त्रीको मष्तिस्क किन खलबलियो ? राजधानीको मूख्य स्थानको शोभा बनेर रहेको त्रिभुवनसहितको शालिक आखिरमा किन पचेन, प्रधानमन्त्रीलाई ? र, देशको प्रमुख मुद्दा छोडेर त्यतातिर क्रान्तिकारी कदम चलाउन बाध्य भए । के ग¥यो–त्रिभुवनको शालिकले सरकार ? संविधान बनाउन व्यबधान खडा ग¥यो ?, सहमति निर्माणमा छेकबारको काम ग¥यो ?, कि प्रधानमन्त्रीको राजीनामा माग्ने काम ग¥यो ? नत्र कोही कसैको सोंचसम्म नपुगेको शालिकमा आँखा गाडेर किन देशैभरी ज्वारभाटा ल्याउने काम गर्नुभयो, प्रधानमन्त्री ज्यू ?


एउटा भनाई छ–‘कमिलालाई काल आएपछि पखेंटा पलाउँछ ।’ लोकप्रिय छवि बनाएका व्यक्तिले यस्तो अलोकप्रिय निर्णय र काम गर्दै हिड्नु भनेको ‘कमिलाको पखेंटा पलाउनु’ भन्दा भिन्न छ र ? हैन भने, तर्कसंगत कुरा गर्ने, बुद्धिका ज्ञाता प्रधानमन्त्रीको ‘कुबुद्धी’युक्त निर्णयको सार के ? जनमानसलाई नै अपच हुने कार्य गर्दै हिड्नुले प्रधानमन्त्रीले आफ्नै आयुलाई धावा बोलिरहेका छैनन् र ? देशको मूख्य मुद्दा सल्टाउन लागि पर्नुहोस्, प्रधानमन्त्री ज्यू । जनता साथमा छन् । तर, क्रान्तिकारी परिवर्तनको नाममा देशको एकता भाँड्ने, सम्पदा भत्काउने, परम्परादेखि चल्दै आएको असल मूल्य–मान्यतामा गडबड गर्ने काम कदापी नगर्नुहोला, जुन कुरा जनतालाई नै क्षम्य नहोस् ।


शालिक हटाउने र नहटाउने तर्क–वितर्कबीच विभिन्न राजनैतिक दलका नेताहरुले सार्वजनिक रुपमै आफ्ना अभिव्यक्तिहरु दिइसकेका छन् । विशेषतः कमल थापाको राप्रपा नेपाल सरकारको उक्त निर्णयको विरोधमा हुँकार गर्दै सडकमै झ¥यो र भन्यो–‘इतिहास मेटाउने काम नगर ।’ पूर्वराजा नै सहि त्रिभुवन पनि एक इतिहास नै हुन्, जसको राष्ट्रिय योगदानलाई नेपालीले सम्झिनै पर्छ । तत्कालीन अवस्थाको त्रिभुवनको योगदानलाई अहिले कम आंकलन गरेर अन्यायपूर्ण निर्णय गर्नु उचित ठहरिदैन । हो, हरेक ब्यबस्थाभित्र ‘धमिला माछाहरु’को जन्म हुन्छ । हामी सुझबुझयुक्त नेपालीहरुको काम त्यही ‘धमिला माछाहरु’लाई तेलमा तार्ने हो । तर, धमिला माछाहरुकैबीच केही ‘सङ्ला माछा’को उत्पत्ति भएको पनि हामीले देख्नुपर्छ र कदर गर्न सक्नुपर्छ ।


यस्तै वादविवाद चलिरहँदा सम्मानित सर्वोच्च अदालतले पूर्वराज त्रिभुवनको शालिक नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंगलबार सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतको यो अन्तरिम आदेश नै अन्तिम फैसलाको पूर्णपाठ बन्न सकोस् । हाम्रो अपेक्षा यत्ति मात्र हो, सरकार ।

बधाई छ– ‘नाम्जे’

एउटा विरानो गाउँ, जो हिजोसम्म गुमनाम थियो, सुनसान थियो । तर, अब दिन फिरेको छ । त्यही गुमनाम गाउँ आज विश्वमाझमा चर्चित भएको छ । सारा नेपाल–नेपाली र सम्पूर्ण विश्वकै पनि ध्यान आफूपट्टि तान्न सफल बनेको छ एउटा सानो गाउँले, एउटा सुन्दर ठाउँले । हो, त्यही गाउँ–पूर्वी नेपालको काखमा अवस्थित सानो मगर गाउँ अर्थात् नाम्जे । ‘विविधता भित्र एकता–एकता भित्र विविधता’ को उपनाम पाएको नेपालीको पहिचानमा नेपालको यस सुन्दर स्थानले अर्को एउटा ताज थपिदिएको छ । हिजोसम्म कोही कसैलाई पत्तोसम्म नभएको नाम्जे आज रातारात ‘हिट’ भएको छ । नेपालीले नै पनि सायदै सुनेको यस स्थान आज विश्वकै प्रमुख १२ गन्तव्यको सुचिमा सुचिकृत भएको छ । हो, करिब एक महिना अघि अमेरिकी समाचार संस्था सीएनएनले नेपालको यस सुन्दर स्थानलाई विश्वकै प्रमुख गन्तव्यभित्र सुचिकृत गरेको छ ।


पूर्वी नेपालको धनकुटास्थित भेडेटार गाविसमा अवस्थित छ–नाम्जे । समुन्द्री सतहबाट करिब ६ हजार फिट उचाईमा रहेको नाम्जेमा मगरबस्ती भएको कुरा नेपाल पर्यटन वोर्डका मिडिया कन्सल्ट्यान्ट शरद प्रधान बताउँछन् । सीएनएनले आफ्नो वेभसाइट संस्करणमा नाम्जेलाई ‘सुन्नैपर्ने र पुग्नैपर्ने’ विश्वका १२ स्थान मध्ये एक भनेर उद्रित गरेको छ । सीएनएनले भनेको छ–‘नाम्जे, सबैभन्दा राम्रो १२ गाउँ मध्ये एक, जुन तपाईंले कहिल्यै सुन्नुभएको थिएन ।’ सीएनएनले कसरी र कुन आधारमा विश्वको गन्तव्यहरुको खोजी गर्छ वा पुग्नैपर्ने भनेर निर्धारण गर्छ, मापदण्ड कसरी तय गर्छ भनेर एकिन कुरा थाहा नभएपनि आफ्ना मुलुकका नागरिकहरुसँगको छलफल र मतका आधारमा स्थान खोजी गर्ने गरेको प्रारम्भिक सूचना आफूले पाएको कन्सल्ट्यान्ट प्रधानको भनाई छ । प्रधानका अनुसार सीएनएनले विश्वका अन्य ११ स्थानसँगै नेपालको नाम्जेमा पनि ‘जाऊ, पुग’ भनेर आफ्ना नागरिक/पाठकलाई भनेको छ ।


मकालु हिमालको फेदिमा रहेको नाम्जे कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्र्तगत भेडेटारबाट साढें तीन किलोमिटरको यो बस्ती उत्तरी मोहडामा ढल्किएको छ । पर्यटकीय गन्तव्यमा सुचिकृत नाम्जे सफा र आकर्षक भएको तर्क बाहिर आइरहे पनि नेपाल पर्यटन बोर्डले भने यस विषयमा थप अनुसन्धान र स्थिति मूल्यांकन गर्ने कार्य गरिरहेको प्रधानले बताए । प्रमुख आकर्षकिय गन्तव्य बनेपछि नेपाललाई फाइदाको विषयमा पंक्तिकारले गरेको जिज्ञासामा प्रधानले यसले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउँदै यसबाट बाह्य पर्यटकको सम्भावनालाई बढाएको बताए । उनले सीएनएनले सुचिकृत गरेको नाम्जे सामान्य गाउँमात्र भएको बताए । तथापी अब भने नाम्चेको गरिमा बढेको उनको तर्क थियो ।


कसरी भयो नाम्जे प्रमुख गन्तव्य ?

नाम्जे सीएनएनको प्रमुख १२ गन्तव्य मध्ये एक हुनुमा पनि एउटा रोचक तथ्य छ । प्रधानका अनुसार एक अमेरिकी महिला, जो वास्तुकला सम्बन्धी कम्पनीकी संस्थापक अध्यक्ष हुन्, उनले विश्वमा पुग्नैपर्ने स्थान मध्ये नेपालको नाम्जे पनि एक भएको सीएनएनलाई बताएकी थिइन् । वास्तबमा ति अमेरिकी महिला ‘स्टेफेनी ओडगार्ड’कै कारण नाम्जे सीएनएनको प्रमुख १२ गन्तव्य मध्ये एक हुन सफल भएको हो । वास्तबमै ति महिलाले नाम्जेका बारेमा सीएनएनलाई रोचक कुरा बतएकी छिन् । उनले आफ्नो पदयात्राका क्रममा विश्वकै पाँचौं अग्लो मकालु हिमाल सूर्य उदाएको र अस्ताएको बेला एकदमै सुन्दर देखिने समेत बताएकी छिन् । काठमाडौंबाट बुद्ध एयरमा विराटनगर हुँदै नाम्जे पुगेको स्मरण गर्दै उनले त्यहाँका मगर समुदायको सामिप्यताले आफू निकै प्रभावित भएको उल्लेख गरेकी छिन् । उनकै भनाईमा सीएनएनमा प्रकाशित भएको नाम्जे सम्बन्धी कुराहरुको नेपाली रुपान्तरण–“जब मैले नाम्जे घुमे, मलाई मेरो आफ्नो बुबाबाट कहिल्यै टाढा भएको जस्तो लागेन । नाम्जेमा मलाई मेरो आफ्नै घरमा भएजस्तै लाग्यो ।”


यिनै अमेरिकी पर्यटकले नेपालको नाम्जेलाई विश्वका प्रमुख गन्तव्य बनाउन ठूलो मद्दत गरिन् । वास्तवमा सीएनएनले यसअघि कहिल्यै नसुनिएको तर पुग्नैपर्ने स्थानलाई प्रमुख गन्तव्य भनि सुचिकृत गर्ने गरेको सीएनएनमा प्रकाशित लेखले पनि प्रष्ट हुन्छ, कन्सल्ट्यान्ट प्रधानको राय पनि त्यही छ । नाम्जे पनि तिनै मध्येको एक हो । यसअघि कहिल्यै पनि पर्यटकीय गन्तव्य भनेर सम्बोधित नभएको नाम्जे सीएनएनको सुचीका कारण एकाएक पर्यटकीय गन्तव्यको प्रमुख स्थानमा उभ्भिन सफल भएको छ ।


‘हामीले–हामीलाई चिनेनौ, हाम्रो आँखा अरुले नै खोलिदिए ’ यो भनाईसँग ठ्याक्कै मेला खान गएको छ–नाम्जेको सीएनएनमा प्रकाशित विश्वको प्रमुख गन्तव्य मध्येको एक सम्बन्धी लेख । हो, हामीले नदेखेको, हामीले नचिनेको स्थान एक विदेशीले पत्ता लगाएर अन्य नागरिकलाई त्यहाँ जान अपिल गरिन्, यो सम्पूर्ण नेपालीकै गौरबको कुरा हो । हामीले हाम्रो सम्पदा देखेनौ तर एक विदेशीले हामीलाई रातारात ‘हिट’ बनाइदिइन् । अबको हाम्रो दायित्व त्यही आफ्नो ‘हिट’ स्थानको प्रवद्र्धन र सम्बद्र्धन गर्नु हो । त्यहाँ पुग्ने बाटो, त्यहाँ बस्ने सुविधायुक्त होटल, लजको राम्रो व्यबस्था गर्नु हो । आन्तरिक र बाह्य पर्यटक जो नाम्जे जान चाहन्छन्, उनीहरुलाई सुविधासँग त्यहाँ पुगेर फर्किने व्यवस्थाको लागि आवश्यक ति सम्पूर्ण कुराहरुको जोरजाम गर्नु हाम्रो पहिलो दायित्व हो । धन्यवाद–स्टेफेनी ओर्डगार्ड ! बधाई छ–नाम्जे !