म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Monday, July 11, 2011

गीत - रातै पर्‍यो

समयले गिज्याउन थाल्यो
बर्षादले तगारो हाल्यो
दोबाटोमा भेट्ने बाचा
केले–केले टार्‍यो
हो–हो रातै पर्‍यो

दोहोरी गाउँदा–गाउँदै
मायाप्रिति लाउँदा–लाउँदै
समयले डाहा गर्‍यो
हो–हो रातै पर्‍यो

रनवन डुल्दा–डुल्दै
एकान्तमा भुल्दा–भुल्दै
माहुरीले भुनभुन गर्‍यो
हो–हो रातै पर्‍यो

रुख–रुखमा खोप्दा–खोप्दै
अमरप्रेम रोप्दा–रोप्दै
अँध्येरीले घातै गर्‍यो
हो–हो रातै पर्‍यो

adhikarishiva05@yahoo.com

Friday, July 8, 2011

गीत - आँखीझ्याल

उदास–उदास आजभोलि रित्तो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

चोक पनि गल्ली पनि सुनसान हिजोआज
छाडी जाने निष्ठुरी तिम्रै गुनगान सबैमाझ
एक्लो–एक्लो जिन्दगीको, स्वाद तितो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

डबली खाली बार्दली खाली चकमन्न देवलपाटी
खुशी भयौ सधैभरी तिमी बज्रपात भो म माथी
खल्लो–खल्लो आज, हिजोको मीठो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

adhikarishiva05@yahoo.com

Sunday, July 3, 2011

गीत - मनको घाउ

मनको घाउ यस्तो हुन्छ आँखाले देखिदैन
कुनै पीडा यस्तो हुन्छ लेखेर लेखिदैन

हाँसो सबैले देख्छन् आँसु लुक्ने गर्छ
भित्र घाउ पारेर बाहिर सुक्ने गर्छ
मुटुको ब्यथा यस्तो हुन्छ छेकेर छेकिदैन
कुनै पीडा यस्तो हुन्छ लेखेर लेखिदैन

कथा अनेक हुन सक्छन् मर्म एउटै हुन्छ
दुःखी दुःखी बाँच्नु पर्ने कर्म बेग्लै हुन्छ
कुनै स्थान यस्तो हुन्छ टेकेर टेकिदैन
कुनै पीडा यस्तो हुन्छ लेखेर लेखिदैन

adhikarishiva05@yahoo.com