म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, July 8, 2011

गीत - आँखीझ्याल

उदास–उदास आजभोलि रित्तो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

चोक पनि गल्ली पनि सुनसान हिजोआज
छाडी जाने निष्ठुरी तिम्रै गुनगान सबैमाझ
एक्लो–एक्लो जिन्दगीको, स्वाद तितो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

डबली खाली बार्दली खाली चकमन्न देवलपाटी
खुशी भयौ सधैभरी तिमी बज्रपात भो म माथी
खल्लो–खल्लो आज, हिजोको मीठो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

adhikarishiva05@yahoo.com

No comments:

Post a Comment