म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, November 19, 2010

गीत रचना मिति-२०६०/०५/१०

मनैबाट सुरु गरौ सबैले एउटा अभियान
शान्ति हाम्रो प्राप्ति बनोस सुन्दर देश महान
शान्तिको मुहान

एक-एक हामी हुन्छौ हाम्रो बिचार अनेक हुन्छ
एकै बाटो अनेक बिचार रोज्न सके कस्तो हुन्छ
तराई, पहाड़ दाजुभाई हिमाल, जाती सबैलाई
एकै माटो आफ्नो भन्दै सोच्न सके कस्तो हुन्छ
घरघरबातई पूरा गरौ हामीले उन्नतिको गान

नैबाट सुरु गरौ सबैले एउटा अभियान
शान्ति हाम्रो प्राप्ति बनोस सुन्दर देश महान
शान्तिको मुहान

सफा चित्र दिलभित्र उतार्ने दुईटा आँखा हुन्छ
हेर्ने जति दृश्य सबै कन्चन भए के पो हुन्छ
सबैको साथ जुट्न्लाई घृणा, दोइश छुट्न्लाई
गर्ब गर्ने तेस्तो भेटे आँगन के पो हुन्छ
आफुआफैबाट खोल्ने सबैले चेतनाको ज्ञान

नैबाट सुरु गरौ सबैले एउटा अभियान
शान्ति हाम्रो प्राप्ति बनोस सुन्दर देश महान
शान्तिको मुहान

मुक्तक रचना मिति-२०६०/०८/२८

लाज किन मान्नु परयो निर्धक्क संग आऊ तिमी
सारा निर्णयहरु स्वीकारने एउटा कसम खाऊ तिमी
जीबन्भरि तिम्रो उपस्थिति वाक्क लग्न सक्छ मलाई
तेसैले तिम्रो कार्य तेति मात्र एउटा छोरा पाऊ तिमी