त्यसको २ दिनअघि मेरी श्रीमती मरी
जुन दिन संविधानसभा मर्यो
हो, श्रीमतीले अन्तिम पटक भनेकी थिई–
संविधानसभा संविधान नबनाई भङ्ग हुन्छ
किन ? मैले सोधिन
श्रीमतीसँगको मेरो अन्तिम कुराकानी त्यही थियो
त्यही दिन मेरी श्रीमती छट्पटिएको अवस्थामा
अस्पताल पुगेकी थिई
जुन दिन एम्बुलेन्स फोडिएका थिए,
पत्रकार चुटिएका थिए
हो, एम्बुलेन्स बाटामा अवरोध भएको थियो
त्यसैले प्रसव ब्यथाले आजित भएर मेरी श्रीमती रोएकी थिई
दोस्रो बच्चाकी आमा बनिसकेकी
मेरी ६० वर्षीय श्रीमती
तेस्रो बच्चा जन्माउँदै नजन्माई मरी
प्रसव बेथाले थलिएर एम्बुलेन्स अवरोध भएको ७ दिनपछि
मेरी श्रीमती मरी
मेरी श्रीमती भुँडीमै बच्चा राखेर मरी
सास्ती गरी–गरी भुँडीमा बच्चा बोकी
र,
जन्माउने बेलामा पुगेर जन्माउँदै नजन्माई मरी
सायद,
अप्रेशन थिएटरमा छिर्नुअघि
उसले आफू बाँच्दिन ठानी छ कि के हो ?
आफ्नो बच्चालाई पेटमै मार्नुपर्ने अवस्थामा पुर्याउने
‘संविधानसभा–संविधान’ पनि मरोस् लागेछ कि के हो ?
भनेकी थिई–संविधानसभा संविधान नै नबनाई भङ्ग हुन्छ
अन्तिम कुराकानी पछि अप्रेशन थिएटरमा
छिरेकी मेरी श्रीमती फर्किन, त्यही मरी
हाम्रो बच्चा पनि उसकै भुँडीमा मर्यो
जन्मिदै नजन्मिई मर्यो
तर, जन्मिने समयमा आएर मर्यो
मेरी श्रीमती मरी के दुःखी हुनु ?
मेरा २ वच्चा टुहुरा भए,
तिनीहरुका आमा मरिन् के दुःखी हुनु ?
पुरै ३ करोड नेपालीको आशा मर्यो ,
सपना र भविष्य मर्यो
को दुःखी हुनु ?
तस्वीरः एजेन्सी ।
यो कविता इन्द्रध्वज क्षेत्रीको स्वरमा सुन्नको लागि: http://soundcloud.com/indra-dhoj-kshetri/ihqhlixxzaia Mero Report link: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:79974
No comments:
Post a Comment