म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Sunday, August 15, 2010

गजल रचना मिति - २०६७/०४/२६

एकै जवानी नि ! आजसम्म पान भएन
ठगियो दैबबाट पनि बरदान भएन

आमुन्ने सामुन्नेमा शत्रु भएर लड्ढा पनि
एकै कोखको संतान भन्ने भान भएन

माग्या नै थियेउ त भएजती चिजबिजहरु
थियो येत्ति मनमुटु दिंदा केही दान भएन

साथै हुंदा रातभरि क्रीडाकर्ममा झुम्ने बानी
एक्लै हुंदा आज मिठो कतई ओछ्यान भएन

गांजा, भाँग, धतुरोमा लीन हुने शिव अरे
रित्तिदा प्यालाको घड़ा खै ! गुणगान भएन

No comments:

Post a Comment