म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Sunday, August 15, 2010

गजल रचना मिति - २०६७/०४/२५

दिलैभित्र तिमीलाई सजाउन पाँऊ
ओठ टोकी थोरैथोरै लजाउन पाँऊ

सानिध्यमै आई कोर्न थालेउ गजल तिमी
ताल मिलाई धूनहरू बजाउन पाँऊ

एकै शेरमा उन्मुक्त भाबहरू छल्कौछेउ
जुठो हुनबाट आफूलाई बचाउन पाँऊ

होशमा त कसम तिमीले गाल्न सक्दिनौ
मदहोश हुन्छु दुई प्याला लगाउन पाँऊ

आफू भिजी बिस्तारै तिमीलाई रुझौछु
पूर्ण रुपमा तिमीलाई पनि जगाउन पाँऊ

No comments:

Post a Comment