म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Monday, June 20, 2011

कविता - संविधानमा नपरेका बुँदाहरु

पाल्पाली ढाकाटोपी नेपालीका लागि
सगरमाथाको शीर हो
र, यही पीर हो
जुन गुमनाम छ

भोजपूर भन्ने बितिक्कै खुकुरी
खुकुरी भनेको गोर्खाली
अनि,
गोर्खाली भनेकै वीर
जसको अत्तोपत्तो छैन
आजसम्मै चुपचाप छ

हामी तीन भाग भारत
र, एकभाग चीन भैसकेका छौं
हाम्रो आफ्नो केही छैन
जन्मिदै कंगाल भएर जन्मेको पनि हैन
चैरपूर र करुवाको प्रेम
हाम्रो मानसपटलमा ताजै छ
बोल्नु पनि लाजै छ
आज पूरै चैरपूर सुनसान छ

जुम्ला र बन्दीपूर नितान्त फरक छन्
एउटै कुरामा एक छन्
दुबै रसिला÷पोसिला छन्
यिनीहरु यति धेरै तागतिला छन्
तर अफसोच !
यिनीहरु पनि संविधानमा छैनन्

देशको आधा भु–भाग ओगटेका
कर्णालीका चट्टानहरु
छसय एकवटा पानाहरुमा
उत्खनन् हुन स्थान पुग्दैन
कसैलाई टाउको पनि दुख्दैन
सोच्चलान् ! चट्टानहरुलाई किन चलाउने
मूर्खहरुलाई के पत्तो ?
तरुलको जन्म
चट्टानकै धारका बीचबाट हुन्छ

यो संविधान
इलामको हरियाली लेख्दैन
कुसुण्डा÷राउटे÷विधुवा÷बाग्मती देख्दैन
हिमाल टेक्दैन
बिदेशीएका छन्–बुद्धहरु
तिनलाई छेक्दै–छेक्दैन
ओबामाको बिज्ञापनमा ब्यस्त छ, यो
उनीहरुकै समाचार ‘ब्रेकिङ्ग’ गर्दै छ

adhikarishiva05@yahoo.com

No comments:

Post a Comment