म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, June 25, 2011

गीत - जगायौ धुनी

जगायौ धुनी तपस्याको ताप्न सकिन
मेरो माया तिम्रो दिलमा छाप्न सकिन

भुसको आगो भित्रभित्र
एकोहोरो सल्किरह्यो
मात्तिएको मेरो मन
बजारतिरै पल्किरह्यो
लगायौ दाउ मायाहरु नाप्न सकिन
मेरो माया तिम्रो दिलमा छाप्न सकिन

कन्दराको ध्वनी कताकता
एकान्तमा गुन्जिरह्यो
बटुवाको पाइला भने
बाटैतिर लम्किरह्यो
बगायौ आँसु संगालेर थाप्न सकिन
मेरो माया तिम्रो दिलमा छाप्न सकिन

adhikarishiva05@yahoo.com

No comments:

Post a Comment