म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Monday, June 20, 2011

कविता - मलाई थाहा छ

ताली बजाउनुस्, ताली
तालीको ताली भन्दा
के छ तपाईहरुसँग ?
अहँ ! केही छैन
दिमाग शून्य, खाली
कता लाग्नुभो, मध्यरातमा ?
रुपैया÷पैसा गोजीमा हाली
तालीको त आकार ल र दीर्घ ईकार
भन्दा बढी के थाहा छ, तपाईहरुलाई ?
मलाई थाहा छ
तपाईहरुको चिता तयार भा’छ

माग्या–माग्यै, माग्या–माग्यै
कति माग्नु हौ ?
लौ !
कि दिन्न भन्नु ? कि दिनु
त्यो हाम्रै पसिना हो, मिहिनेत हो
आशा, सपना र भविष्य हो
हाम्रो भविष्यलाई
जूवामा लगाउने ‘सकुनी’हरु
मलाई थाहा छ
तिमीहरुको अन्तिम समय आ’छ

हाम्रो रगतको प्रतिफल
तराई बाल्नु हो ?
पहाड फाल्नु हो ?
हिमाल मार्नु हो ?
होइन,
कर्णालीका ओडारहरुमा लुटिएका हाम्रा
अस्मिताहरुका चिख पक्रेर उभो लागेका
तिमीहरुको सुद्धी गा’छ
मलाई थाहा छ
तिमीहरुलाई दागबत्ती दिने बेला भा’छ

adhikarishiva05@yahoo.com

No comments:

Post a Comment