म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, April 20, 2010

गीत.................रचना मिति: २०६७/०१/०४

गरिनौ निर्णय समयमा तिमीले
अब आँसु बगाउनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु

भुल्न मनिनौ परिवारको साथ
बिर्सना सकिनौ पक्रेका हात
अल्झिन्छेउ त दोबाटोमै तिमी
मैले कसरी भगौनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु

चिन्ता लियेउ संधै समाजको अनि
सोच्नुपर्छ कहिले आफ्नो जिन्दगीको पनि
जीबनलाई रोकेर अब
धड़कनको समझौता मगौनु
मन नमानेकालाई नै तिम्रो
जोबन, सिउंदो सजाउनु








No comments:

Post a Comment