म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, April 27, 2010

गजल रचना मिति - २०६७/०१/०७

छोड़े पछि निदरिले रातमा केको मज़ा
तोडेपछि सम्बन्धको बातमा केको मज़ा

एकै सिक्का दुइटा पाटा भयका थियेउ हामी
छुटेपछि सिन्दुरको साथमा केको मज़ा

आठै प्रहर समयको सुन्दर हुन्थे पाहिले
मोडेपछि मौसमको प्रभातमा केको मज़ा

नासाले भरिपूर्ण जवानीका दिनहरू सम्झिंदा
फोडेपछि प्यालाको मातमा केको मज़ा

लाज आफ्नो ढाकनलाई अर्काको बस्त्र किन
लुटेपछि जिन्दगीको घातमा केको मज़ा

No comments:

Post a Comment