म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Thursday, April 29, 2010

कबिता - धिक्कार छ हामीलाई....रचना मिति २०६७/०१/१६

धिक्कार छ हामीलाई
अनि हाम्रो दिमागलाई
धिक्कार छ हाम्रो
मिहिनेत, पसिना र इमानलाई
हामी आफैले आफ्नो
झारा टालेओं,
समय फालेओं
हाम्रो कमाई, आम्दानी
रुपैयाँ, पैसा
कागजको खोस्टा सम्झी बालेओं
बिबेकहीन हामी, हुतिहारा,
नालायक, अन्धा र लाटाहरू
अनि पूर्ण अपांग र अशक्त
धिक्कार छ हामीलाई
छसय एकवटा कुकुरलाई
फोकतमा पालेओं

No comments:

Post a Comment