लघुकथा
सहिद
एकाविहानै सहरभरि नराम्रो खबर फैलियो–‘गाडीले किचेर मान्छे मा¥यो ।’ मन दुखित भयो–मेरो । मान्छे मर्नु राम्रो पटक्कै होइन । त्यो पनि दूघर्टनामा ज्यान जानु अझ नराम्रो हो । एकैछिनमा अर्को समाचार आयो–‘उत्तेजित भीडले पसल फोडे । टायर बाले । सडकमा गुडेका गाडी रोकेरै जलाउन थाले ।’ दिनभरी यस्ता थुप्रै घटना सञ्चार माध्यममा आए । मानिसले गफ्फिने बाटो पाए ।
भोलिपल्ट घटना बिस्तृतमा थाहा भो । पैदल यात्रुलाई ठक्कर दिएर गाडी भागेछ । अस्पताल लाँदालाँदै घाइतेको बाटोमै मृत्यु भएछ । त्यसपछि जनता सडकमा उर्ले । आफन्त शोकमा मग्न । अझ चुरो कुरो एउटा राष्ट्रिय राजनीतिक पार्टीले मारिने ब्यक्ति आफ्नो पार्टीको सक्रिय कार्यकर्ता रहेको जनायो । पूरै राजनीतिक कार्यकर्ता सडकमा उत्रिए । लास सडकबाट उठ्न सकेन । हत्याराको पहिचान र कारबाही नभए सम्म लास कसैलाई पनि उठाउन नदिने अड्डी प्रदर्शनकारीले लिए । पुलिस आयो–अश्रुग्याँस प्रहार भयो । डुङ्गा र डुङ्गाका टुक्राहरु पूरै सडकैभरि छरिए । टायरको धूवाँले सहर पूरै कालो भयो । तैपनी भीड मत्थर भएन–झन् उग्र भयो । भीडको आवाज अझ चर्को भयो ।
“हत्यारालाई कारबाही गर ।”
“मर्नेलाई सहिद घोषण गर ।”
अन्ततः सरकार निरीह भयो । मर्नेलाई सहिद घोषण गर्न राजी भयो । आफन्तलाई क्षतिपुर्ति स्वरुप दश लाख रुपैया उपलब्ध गराउने सरकारले प्रण ग¥यो र दोषीलाई कारबाही गरी छाड्ने प्रतिबद्धता जाहेर ग¥यो । त्यसपछि उत्तेजित भीड विजय उत्सव मनाउँदै क्रमशः सेलायो । पुलिसले लासको मुचुल्का उठायो । छानबिन ग¥यो । घटना घटेको एघारौं दिनको दिन पुलिसले घटनाको प्रतिवेदन सार्वजनिक ग¥यो–पत्रकार सम्मेलन गरेर । अन्य कुराहरु राखी सकेपछि प्रहरी प्रवक्ता बोले–“मर्ने ब्यक्तिको साथबाट प्राप्त यो पत्र तपाईंहरु सामु राख्दै छु ।”
म चण्डीप्रसाद त्रिताल । आफ्नो पूरै होसहवासमा यो पत्र लेख्दै छु । मेरो घरमा सधैं हुने घरझगडा र किचलोले मलाई अत्यन्तै मर्माहत बनाईरहेको छ । मेरो तनाब बढाईरहेको छ । उक्त परिस्थितिको सामना गर्न सक्ने क्षमता मैले धेरै अगाडि नै गुमाईसकेको छु । अब मलाई मुक्ति चाहिएको छ । मलाई तनाबबाट उम्किन मन लागेको छ । मैले यसको समाधान पनि सोचिसकेको छु । अब उप्रान्त कथंकदाचित मेरो मृत्यु भएमा त्यसको जिम्मेवार म स्वंयम हुनेछु । अन्य कसैलाई दोषी नठह¥याउन सबैलाई आग्रह गर्दछु । चण्डीप्रसाद त्रिताल, गौशाला, काठमाडौं । हस्ताक्षर । सहीछाप–दायाँ, बायाँ ।

No comments:
Post a Comment