म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Monday, February 7, 2011

गीत - पिएरै रित्तिए

गीत

पिएरै रित्तिए

पिएरै रित्तिए रहर सबै
अझै पनि पिउँदै छु
थाहै भएन यो जिन्दगी
पिउनको लागि जिउँदै छु कि
जिउनको लागि पिउँदै छु

नसामा नै डुबेर पहिले दुःखहरु भुल्ने गरें
सकिएछ बाँकी खुशी पछि आँखा खुल्ने परें
सम्झि–सम्झि आँसुका
थुङ्गाहरु सिउँदै छु
थाहै भएन यो जिन्दगी
पिउनको लागि जिउँदै छु कि
जिउनको लागि पिउँदै छु


धेरै काँटे चोकहरु गल्लीमा आफ्नो बास प¥यो
मलाई बिगार्ने चिज जति आज मेरै सास प¥यो
आफ्नो लागि अलिकति
माया उधारोमा किन्दैछु
थाहै भएन यो जिन्दगी
पिउनको लागि जिउँदै छु कि
जिउनको लागि पिउँदै छु


लेखन कालः २०६१÷०५÷०८

(यस गीतका स्थायी शब्दहरु दीपक सुनुवारले सिर्जना गर्नु भएको हो ।
अन्य शब्दहरु चाँही मेरा हुन् ।)

No comments:

Post a Comment