म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, February 8, 2011

गजल - घर छिरेपछि - (प्रणय दिवस विशेष)

                      घर छिरेपछि

घर छिरेपछि तिमीलाई रानी झैं देंखु
एकनास डुबुल्की मार्न मिल्ने पानी झैं देंखु

नजर झुकाएर थोरै लाज मानी बस
उत्तेजनाले खँदिएको हिस्सी बानी झैं देंखु

कपाल सुम्सुम्याउ, अंगहरु स्पर्श गर
बर्षौदेखीकी मिठास मायाकी खानी झैं देंखु

बिस्तारै अंगालोमा कस्ने चेष्टा गर्छु मैले
नाईनाई गर्नु मादक आनाकानी झैं देंखु


लेखनकालः २०६७÷१०÷२३

No comments:

Post a Comment