म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Monday, February 7, 2011

गजल - घाउहरु झल्काउने



                                             घाउहरु झल्काउने

घाऊहरु झल्काउने त्यस्तो कुनै खाटो छैन
प्यासहरु बुझाउने तिम्रो कोही साटो छैन

पिलाईमै केही समय रम्न पनि खोजें मैले
आँसुहरु लुकाउने त्यसमा केही बाटो छैन

धेरैतिर मायाको हात थाम्न आँटे होला
हाँसोहरु उल्झाउने त्यसमा कुनै पाटो छैन

यति माया बटुलेको छु जीवनभरि तिम्रो लागि
खोटहरु देखाउने कतै–कुनै टाटो छैन


लेखनकालः २०६०÷१२÷०८

No comments:

Post a Comment