म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, February 12, 2011

गजल - तातो–तातो स्पर्शको - (प्रणय दिवस विशेष)


                तातो–तातो स्पर्शको

तातो–तातो स्पर्शको तातो–तातो साथ
तातो–तातो बनाउन त आजको यो रात

तातो–तातो ढुकढुकी बढ्न थाल्यो सुस्तरी
तातो–तातो मौसमसँगै तातो भयो हात

तातो–तातो कुरा हुन्छ रातो–रातो ओठले
तातो–तातो चुम्बन पस्क बन्द गर बात

तातो–तातो सम्बन्ध सेलाउला नि ! फेरि
तातो–तातो अंगालोमै सोध्न थाले जात

तातो–तातो नसा चढ्यो खुला भयो बाटो
तातो–तातो सुस्त–सुस्त खस्न थाले पात

तातो–तातो कार्य आज चल्न दिऊँ न है
तातो–तातो हुँदा–हुँदै होस् बरु प्रभात


लेखनकालः २०६६÷१०÷२६


No comments:

Post a Comment