म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, February 8, 2011

गजल - आज लौ म - (प्रणय दिवस विशेष)

                         आज लौ म

आज लौ म अलिकति रन्किएको छु
थोरैथोरै भित्रभित्र तन्किएको छु

तिम्रो जवानीले पो भुतुक्कै भएँ म
कताकता बेहोसीमा सन्किएको छु

तातो स्पर्शले फक्रिय मेरा रौंहरु
अचानक मादकताले दन्किएको छु

मर्म बुझिनौ भित्रि छट्पटिको मेरो
एकैपटक आवेगमा फन्किएको छु

देहको सौन्दर्यले शक्ति जति लुट्यौ
खसालेर उत्तेजना थन्किएको छु


लेखनकालः २०६७÷१०÷२३

No comments:

Post a Comment