म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Wednesday, February 16, 2011

गीत - झरीले निथ्रुक्क

                     झरीले निथ्रुक्क

झरीले निथ्रुक्क भिजेको बेला
तिमी भए कस्तो हुन्थ्यो
शरीर सबै रुझेको बेला
तिमी भए के–के हुन्थ्यो

थरथर मुटु काम्यो चिसो पानीले
चरचर ह्रदय चि¥यो दोधारे बानीले
आङ्गमा काँडा बिझेको बेला
तिमी भए कस्तो हुन्थ्यो
शरीर सबै रुझेको बेला
तिमी भए के–के हुन्थ्यो


दरदर दर्कि रह्यो बर्षादको झरी
तरतर तक्र्यौे मेरै टाउको भरी
आकाशले तस्वीर खिचेको बेला
तिमी भए कस्तो हुन्थ्यो
शरीर सबै रुझेको बेला
तिमी भए के–के हुन्थ्यो




लेखनकालः २०५९÷०४÷०६

No comments:

Post a Comment